उदयपुरमा क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या

 न्यूज विराट
उदयपुरमा क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या

उदयपुर, १९ वैशाख-उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको १ युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए । केही दिनअघि श्रीमतीसँगै काठमाडौंबाट घर आउने क्रममा विकलाई जनता क्याम्स मुर्कुचीको क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाले जनाएको छ ।

श्रीमतीको सल निकालेर भित्ताको रडमा बाँधी घाँटीमा बेरिएर विकले आत्महत्या गरेको खुल्नमा आएको अध्यक्ष खड्काले बताए । उनका अनुसार, अहिले जनता क्याम्सको क्वारेन्टाइनमा विकको सर्जिमिन मुचुल्का गर्ने काम शुरु भएको छ ।

विक र उनकी श्रीमती काठमाडौँ चाबहिलमा बस्दै आएको र पोखरा–काठमाडौं ट्राभल एजेन्सीमा काम गर्ने गरेका थिए । उनी वैशाख ११ गतेदेखि रौता जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।

सम्बन्धित समाचार

संघीय संसदका प्रवक्ता पाण्डे कोरोना संक्रमणमुक्त

काठमाडाैं, २९ साउन-संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता डा. रोजनाथ पाण्डे कोरोना भाइरस (काेभिड-१९) संक्रमणमुक्त भएका छन् । उनलाई २२ साउनमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे । पछिल्लाे परीक्षणमा आफ्नो रिपाेर्ट नेगेटिभ आएको उनले बताए...

कोरोनाविरुद्ध होमियो पैथिक चिकीत्सक प्रयोगगर्न आग्रह

विराटनगर,३१ बैशाख ,कोरोना संक्रमणले विश्व आक्रान्त भईरहेको बेला होमियो प्याथीक उपचारलाई पद्धतीलाई उपयोग गर्न चिकीत्सकहरुले सरकार संग माग गरेका छन । एलोपेथिक उपचार विधि भन्दा होमियो पैथिक उपचार पद्धती निकै प्रभावकारी रहेको जनाउदै नेपाल होमियो...

विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा पुनः देवकीनन्दन शर्मा

विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा पुनः निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट शर्माले ३८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका...

मोरङ जिल्ला अदालतका न्यायाधीशलाई कोरोना पुष्टि 

विराटनगर, २६ साउन-मोरङ जिल्ला अदालतका एक जना न्यायाधीशलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा गराएको परीक्षणमा आइतबार साँझ न्यायाधीशमा कोरोना संक्रमण रहेको रिपोर्ट आएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी...

बाहिरियाे विराट-अनुष्का पुत्रीकाे तस्वीर

एजेन्सी, १० माघ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी भमिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री अनुष्का र विराटले छोरीको तस्वीर अहिलेसम्म सार्वजनिक गरेका थिएनन् । तर दक्षिण अफ्रिकासँग गए...

प्रदेश १ का एक दर्जनबढी श्रष्टा सम्मानित

विराटनगर, २९ असार–२ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मान गरेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा...

बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय...

कात्तिक १४ गते एमाले मोरङको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम, ५ हजार बढीको सहभागीता हुने

विराटनगर । विगतको वर्षहरुमा जस्तै यसपालि पनि नेकपा (एमाले) मोरङले चाड पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी कात्तिक १४ गते विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्