ओली प्रस्तावपछि संविधान संशाेधनको परामर्शमा जुटे वामदेव

 न्यूज विराट
ओली प्रस्तावपछि संविधान संशाेधनको परामर्शमा जुटे वामदेव

काठमाडौं, १९ वैशाख-नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेलगत्तै उपाध्यक्ष वामदेव गौतमले कानुनी परामर्श थालेका छन् ।

संविधान संशाेधन नगरी तत्कालका लागि प्रधानमन्त्री बन्ने सबै बाटो बन्द देखेका वामदेवले राष्ट्रियसभा सदस्य बनेर प्रधानमन्त्री बन्ने बाटो खुल्छ कि खुल्दैन भनेर कानुनविद्सँग परामर्श गरेका छन् ।

नेपालको संविधानको धारा २७४ को उपधारा ८ बमोजिम संविधान संशाेधन हुन सक्छ कि सक्दैन भन्दै उनले कानुनविद् बाेलाएर परामर्श लिएका हुन् ।

संविधानको सो धारामा ‘प्रदेशसभाको सहमति आवश्यक नपर्ने वा उपधारा (५) बमोजिम बहुसंख्यक प्रदेशसभाबाट स्वीकृत भई आएको विधेयक संघीय संसदका दुबै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्नेछ’ भन्ने उल्लेख छ ।

सम्बन्धित समाचार

नियतवश रोग फैलाए १० वर्ष जेल, एक लाख जरिमाना

नियतवश संक्रामक रोग फैलाउनेलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिमाना हुने कानुनी व्यवस्था छ। मुलुकी अपराध संहितामा कसैले पनि आफूलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतवश अरुलाई सारेमा, लापरबाही र हेलचेक्र्याइँ...

चीनको क्विन्डाओका ६ जनामा कोरोना देखिँदा एकैसाथ ९० लाखको परीक्षण

एजेन्सी, २६ असोज चीनको पूर्वी तटीय शहर क्विन्डाओमा ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीले बताएका छन् । केही महिनाभित्रै पूरै शहरका...

वैशाख कृष्ण औँसी आज, सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्न सुझाव

काठमाडौं, ११ वैशाख-वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिन आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदै छ । यो वर्ष कोरोना महामारी भएकाले सामाजिक दूरी...

आज देशभर एकैदिन ५ सय ८८ जनाले जिते कोरोना

काठमाडौं, १५ भदौ–आज ५ सय ८८ जना कोरोना भाइरस (कोभिड(१९) संक्रमण मुक्त भएका छन् । योसँगै आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर...

विराटनगरमा ४ सहित प्रदेश १ मा २६ जनामा कोरोना संक्रमण

विराटनगर, २४ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण भएको छ । ३४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

प्रधानमन्त्री ओलीसँगको बार्तापछि माधवको घोषणा : सांसदको राजीनामा टर्यो, बिवाद मिलाउन कार्यदल बन्छ

काठमाडौं, बैशाख ३० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको बार्ता फलदायी बनेको बताउनु भएको छ । अध्यक्ष ओलीसँग आज भएको तीन घण्टा लामो बार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बरिष्ठ नेता नेपालले आजको...

प्रदेश स्तरीय आईटिएफ तेक्वाण्डो बेलबारीमा सुरू

विराटनगर । दोस्रो जुनियर बेलबारी नगरपालिका स्तरिय तथा पाँचौ सिनियर कोशी प्रदेश स्तरीय आई टिएफ तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ । मोरङको बेलबारीमा तेक्वाण्डो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । डाँगीहाट आइटिएफ तेक्वाण्डो डोजाङ्ग आयोजना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्