हस्ताक्षर गर्न छिरेका सांसद बालुवाटारभित्रै रोकिए

 न्यूज विराट
हस्ताक्षर गर्न छिरेका सांसद बालुवाटारभित्रै रोकिए

काठमाडौं, १७ वैशाख-धानमन्त्री केपी शर्मा ओलीको पक्षमा हस्ताक्षर गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा छिरेका अधिकांश सांसद भित्रै अड्किएका छन् ।  ओलीले संसदमा आफ्नो बहुमत देखाउनका लागि हस्ताक्षर अभियान सुरु गरेका थिए ।

बुधबार बिहानबाटै बालुवाटारमा हस्ताक्षर गर्न जाने सांसदको चहलपहल देखिएको छ । ५ बजेका लागि सचिवालय बैठक डाकिएकोमा सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको छ । भित्र गएका सांसद बाहिर निस्कन पाएका छैनन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ सहभागी रहेका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख ८ गते पार्टी विभाजन सहज हुने गरी राजनीतिक दलसम्बन्धी र प्रतिपक्षलाई बाइपास हुने गरी संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याएपछि उब्जिएको परिस्थितिलाई समाधानका लागि बैठक डाकिएको हो ।

यद्यपि दुवै अध्यादेश दबाब थेग्न नसकेर सरकारले १२ गतेको मन्त्रिपरिषद्बाट फिर्ता लिएको छ । दुवै अध्यादेश राष्ट्रपतिबाट खारेजसमेत भएको छ ।

यद्यपि नेकपाका नेता, सांसद र कार्यकर्ताहरूले प्रधानमन्त्री ओलीको नियतलाई लिएर प्रश्‍न उठाएका छन् । उनलाई अर्का प्रचण्ड, नेपाल र खनाल समूहले १ व्यक्ति १ पदको व्यवस्था लागू गर्न दबाब दिएको बताइएको छ ।

सम्बन्धित समाचार

औषधी व्यसायीद्धारा निःशुल्क स्वास्थ्य शिविर, दुई सय जनाले गरे स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संघले शनिबार मोरङको गछियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...

सागका पदक विजेता ८८ खेलाडी प्रदेश १ सरकारद्धारा सम्मानित

विराटनगर, ३१ असार–प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता...

जिल्लास्तरीय वादविवादमा एभरेष्ट र साजिलाल प्रथम

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा आज सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर– ५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन् । स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा सामाजिक सन्जालको...

बुटवलमा ९ जनाले जिते कोरोना

बुटवल, २५ जेठ-बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो...

चुच्चे नक्सा र उत्तरी नाका खोलेवापत मलाई हटाइयो:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् । उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले...

आज १ हजार ४९७ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं, ८ असोज-पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ९७ जनामा कोराना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । ११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय...

यस्तो छ आजको मौसम

नेपालमा पश्चिमी वायुको प्रभाव बढ्ने भएको छ । मंगलबार बिहान मौसमी प्रभाव आंशिक रहे पनि बुधबारबाट सक्रिय हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा मधेस...

प्रदेश ५ ले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

बुटवल, ८ जेठ-प्रदेश-५ सरकारले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको नीति कार्यक्रम जेठ १० गते ३ बजे प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्