रतुवामाईले काठमाडौंमा अलपत्र नगरबासीको उद्धार गर्यो

 न्यूज विराट
रतुवामाईले काठमाडौंमा अलपत्र नगरबासीको उद्धार गर्यो

रतुवामाई, बैशाख १६-मोरङको रतुवामाई नगरपालिकाले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका एक सय ९४ जना नगरवासीकोे उद्धार गरेको छ ।

काठमाडौँबाट गाउँ फर्कन चाहनेहरुलाई मंगलबार पाँचवटा बसको व्यवस्था गरी नगरपालिकाले उद्धार गरेको हो । रतुवामाई नगरपालिकाका मेयर रवीन राईले मंगलबार काठमाण्डौबाट पाँच बसमार्फत अलपत्र नागरिकको उद्धार गरी ल्याएको जानकारी दिए । लकडाउनका कारण राजधानी काठमाडौंसँगै बनेपा, भक्तपुरमा अलपत्र परेका नगरबासीलाई उद्धार गरिएको मेयर राईले बताए ।

लकडाउन थपिदै जाँदा घर जाने यात्रुहरुको संख्या बढ्दै गएपछि नगरपालिकाले उद्धार गरेको हो । काठमाण्डौँबाट ल्याइएका नगरबासीहरुलाई रतुवामाई ८ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेनटाईनमा राखी स्वास्थ्य परिक्षण गरेर मात्र घर पठाइएको मेयर राईले जानकारी दिए ।

उद्धार गरिएका सबैलाई अभिभावकको सम्पर्क गराई होम क्वारेनटाइनमा बस्नसमेत नगरपालिकाले अनुरोध गरेको छ । उद्धार गरि ल्याइएका नगरवासीहरुले आफुहरुलाई गृह नगर आउन पाउँदा खुशि लागेको बताएका छन् । उनीहरुले काठमाडौंमा भोकमरी र कोरोनाको त्रासमा बस्दै आएको बताउँदै गाँउ आएपछी सवै चिन्ता हराएको बताए ।

सम्बन्धित समाचार

विश्वभर १८ लाख ६० हजार कोरोना संक्रमित ‘डिस्चार्ज’

काठमाडौं, जेठ ५–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण भएका १८ लाखभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबार बिहान सवा ११ बजेसम्म १८ लाख ६० हजार ३६ जनाको सफल उपचार...

प्रतिनिधिसभाको बैठक सकियो, अर्को बैठक शुक्रबार बस्ने

काठमाडौं, ४ फागुन । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले नाराबाजी गर्दै बैठकमा अवरोध पुर्‍याएका थिए । एमालेको अवरोधका बीच बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट...

फाइजर इण्डिया र सेरमद्वारा भारतमा कोरोना खोप प्रयोगका लागि निवेदन

दुई वटा कोरोना भाइरस (कोभिड-१९) खोप उत्पादक कम्पनी फाइजर  इण्डिया र सेरम इन्स्टिच्यूट अफ इन्डिया (एसआइआई) ले भारतमा कोभिड-१९ को खोप भारतमा आपतकालीन प्रयोगमा ल्याउन भन्दै भारतीय औषधि व्यवस्था विभाग (डिसिजिआई) समक्ष आवेदन दिएका छन्।...

अख्तियारमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा २९ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा कार्यरत १ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अख्तियारमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ। झापाबाट काठमाडौँ र त्यहाँ बाट महेन्द्रनगर आएका...

गैरनेपालीलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्षमाथि छानबिन गर्न माग

भद्रपुर–आर्थिक चलखेल गरी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको घटना प्रकरणमा संलग्न भएको आरोप लागेका वडा अध्यक्षमाथि निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसले जोडदार माग गरेको छ। जिल्ला प्रशासन कार्यालय झापाले १६ जना गैरनेपालीलाई नागरिता बनाइदिएको...

ढुवानीमा अवरोध गर्नेलाई कारवाही गरिने

काठमाडौं, २३ जेठ-लकडाउनको समयमा अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्रीवितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई...

प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

विराटनगर, ५ असोज–२४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका एक÷एक महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ...

मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजकोे सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने र निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्