‘हुने खानेलाई’ राहत लिन रोक्ने कटहरी गाउँपालिकाको फरक शैली

 न्यूज विराट
‘हुने खानेलाई’ राहत लिन रोक्ने कटहरी गाउँपालिकाको फरक शैली

विराटनगर, बैशाख १६–हुँदा खाने भन्दा पनि हुनेखानेलेनै राहतमा आँखा गाडेपछी मोरङको कटहरी गाउँपालिकाले राहत वितरणमा फरक शैली अपनाएको छ । ज्यालादारी मजदुरी गरेर जिविकोपार्जन गर्ने अति विपन्न परिवालाई राहत लक्षित भएपनी हुनेखानैकै हामीमुहाली हुन थालेपछी गाउँपालिकाले सर्वदलिय छलफलबाट राहत वितरणमा फरक शैली अपनाउने निर्णय लिएको हो ।

गाउँपालिका अध्यक्ष रामकुमार कामतले हुनेखाने परिवारले समेत राहत लिएको पाइएकाले अब त्यसलाई नियन्त्रण गर्न लागिएको जानकारी दिए । उनले राहत सामाग्री जनसंख्याका आधारमा प्रत्येक वडालाई दिइने र वडाका विभिन्न स्थानमा वितरण केन्द्र राखि वडाबासीलाई दैनिक रुपमा कुपनका आधारमा राहत उपलब्ध गराउने बताए ।

‘प्रत्येक वडाका ४ देखि ५ ठाउँमा राहत वितरण केन्द्र राखेर जनप्रतिनिधि मार्फत दैनिक राहत वितरण गर्ने योजना बनाएका छौँ । २ जना सम्मको परिवारलाई दैनिक १ र त्यो भन्दा बढीको परिवारलाई २ केजी चालम वितरण गरिने छ ।’ उनले भने,‘ अब १÷२ केजी चामल लिन लाजले पनि दिनहुँ हुनेखाने मान्छे राहत लिन आउँदैनन् भन्ने निष्कर्श निकालेका हौँ ।’

उनले सर्वदलिय संयन्त्रमा छलफल गरेर सुझाबका अधारमा गाउँपालिकाले राहत वितरणका लागि १२ सय क्वीन्टल चामल खरिद गर्ने निर्णय गरेको र तत्काल वितरण केन्द्र राखेर राहत वितरण गर्न थालिने बताए ।

सर्वदलिय बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का १ नं. प्रदेश कमिटीका सदस्य मत्युञ्जय कुमार झाले जनप्रतिनिधिहरुले वितरण गरेको कुपनका आधारमा दैनिक रुपमा समय तोकेर सामाजिक दुरिसमेत कायम गरि वितरण गर्ने निर्णय भएको जानकारी दिए ।

‘यो राहत बिपन्न, ज्यालादारी मजदुर, असाहाय चुल्हो नबलिरहेका परिवार लक्षित हो । यो निर्णयले लक्षित राहत सम्पन्नले खाइ दिने जोखिमलाइ कम गर्छ भन्ने हाम्रो साझा ठहर हो ।’ उनले भने । गाउँपालिकाले पहिलो चरणको राहत वितरण गरिसकेर देस्रो चरणको राहत वितरण थालेको हो ।

सम्बन्धित समाचार

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

स्वास्थ्यकर्मीलाई क्लिनिकमा काम गर्न रोक

सप्तरी, २४ साउन-सप्तरीको १ मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न आजदेखि रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै...

भारु १ हजार लिएर भारतीयलाई सीमा कटाउन खोज्ने पक्राउ

विराटनगर, बैशाख ३०–भारतीय मजदुरसंग रकम लिएर सीमा कटाउन खोज्ने दुईजनालाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर–१८ भेडियारी स्थित एकिकृत जाँचपास चौकी(आइसिपी) नजिकै दशगजाक्षेत्रबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका २ जना विराटनगर–६...

लिदी पहिरो : ११ जनाको शव भेटियो, उद्धार कार्य जारी

काठमाडौं, ३० साउन-सिन्धुपाल्चोकको जुगल- २, लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । जुगल गाउँपालिका-२ का वडा अध्यक्ष प्रताप लामाले ११ जनाको शव झिकिएको बताए । शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीमा पहिरो...

नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार रकम चार अर्ब माथि

काठमाडौं, २५ कात्तिक-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै २६ अङ्कले उकालो लागेको हो । नेप्से २५.९८ बिन्दुले उकालो लागेर एक...

जर्मनीमा दुई अलग–अलग गोलीकाण्डमा ८ जनाको मृत्यु

एजेन्सी, फागुन ८–जर्मनीको हानाउ सहरमा भएका दुईवटा अलग अलग गोलीकाण्डमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । प्रहरीले मृतकको संख्या यकिन रुपमा पुष्टि नगरेपनि ६ जना घाइते भएको जनाइएको छ । राति करिब १० बजेतिर...

विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश

विराटनगर । नेकपा एमालेका मोरङका पुराना नेता एवं व्यवसायी तुलसी पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा एमाले मोरङको जिल्ला कमिटि सदस्य र सल्लाहकार रहिसकेका पोखरेल जनयुद्ध दिवसकै दिन बिहीबार माओवादीमा प्रवेश गरेका...

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

काठमाडौं, १४ असार-महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या आइतबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्