नेकपा सचिवालय बैठक बस्दै

 न्यूज विराट
नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको विवाद समाधानका लागि आज सचिवालय बैठक बस्ने भएको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम आज सचिवालय बैठक बस्न लागेको हो ।

केही दिनदेखि नेकपाभित्र एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का प्रचण्डबीच बढेको मतभेद दुई पक्षका रूपमा चर्किएको छ ।प्रचण्ड, माधव नेपाल, वामदेव गौतमलगायतका नेता एक पक्षमा देखिएका छन् भने ओलीलगायतका केही नेता अर्को पक्षमा ।

प्रचण्ड–नेपाल–गौतमको गठबन्धन (भैँसेपाटी गठबन्धन) ओलीलाई कि अध्यक्षबाट वा प्रधानमन्त्रीबाट हटाएर माधव नेपाललाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउने ‘चलखेल’मा लागेको ओली पक्षको आरोप छ भने प्रचण्ड–नेपाल पक्ष ओलीले प्रधानमन्त्री वा अध्यक्ष एक पदमा मात्र रहनुपर्ने माग गर्दै आएको छ ।

सोमवार पनि प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच पार्टीभित्रका विवाद हल गर्न भन्दै बिहान ३ घन्टा बैठक गरेका थिए भने माधव नेपाल निवासमा ओली र नेपाल पक्षका नेताहरूबीच छलफल भएको छ ।

सम्बन्धित समाचार

पाँच प्रहरीमा कोरोना पुष्टि

विराटनगर, साउन ८–प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ५ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार एक प्रहरी अधिकृतमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ४ जनामा...

एमालेको १० औं महाधिवेशन प्रतिनिधि चयनका लागि मोरङमा कात्तिक २७ गते निर्वाचन

विराटनगर । नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि चयन गर्न मोरङमा कात्तिक २७ गते निर्वाचन हुने भएको छ । आज एमाले पार्टी कार्यालयमा बसेको बैठकले निर्वाचन मिति तय गर्दै विभिन्न जिम्मेवारीहरु...

महानगरको वडाहरूमा तेली कल्याण समाज धमाधम बिस्तार

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरको वडाहरूमा धमाधम समिति गठन गर्न सुरु गरेको छ । शनिबार विराटनगर–१० मा कार्य समिति गठन गरेको छ । सज्जन साहको अध्यक्षतामा समाजले १९ सदस्यीय कार्य समिति गठन गरेको...

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण मेरो पहिलो प्राथामिकता : ट्राफिक प्रहरी निरीक्षक लम्साल

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले...

अवहेलना मुद्दा : प्रधानमन्त्री ओलीले सर्वोच्चलाई बुझाए लिखित जवाफ

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्चमा बुझाएका छन् । बिहीबार सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री ओलीले अवहेलना मुद्दाको लिखित जवाफ बुझाएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आफैँ अदालतमा उपस्थित...

विराटनगरमा तीनदिने सडक महोत्सव हुने, ४० वटा स्टल रहने

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव हुने भएको छ । माघ १२ देखि १४ गतेसम्म सडक महोत्सव हुने भएको हो । तीनदिनसम्म संचालन हुने महोत्सवमा आदीवासि जनजाति सामुदायहरूको खानाको परिकारको साथै सांस्कृतिक कार्यक्रमहरू...

२४ घण्टामा देशभर १ हजार ४१ संक्रमित थपिँदा १ हजार ५६६ डिस्चार्ज

काठमाडौं, २० भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

हुम्लामा आरडीटी सुरु

हुम्ला, चैत ३०-हुम्लाको सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका ३ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएको छ । शनिबारदेखि सुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्