भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।पौवादुङ्मा गाउँपालिका –४ वास्तिमको कात्तिकेका ५४ वर्षीय बलबहादुर कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शनिबार बेलुका ८ बजे खेतबाट पराल बोकेर घरतर्फ फर्कने क्रममा सोहि ठाउँको रमितेढुंगा भन्ने स्थानमा परालको भारी बिसाउदा भारी टेका लगाएको ढुंगा पल्टिदा कार्की भिरबाट अन्दाजी ३५ मिटर तल पुगेका थिए ।
भिरबाट लडेर कार्कीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।