प्रधानमन्त्रीलाई नारायण खड्काको आग्रह : उदयपुर अवस्थाप्रति गम्भीर बनिदिनुहोस्

 न्यूज विराट
प्रधानमन्त्रीलाई नारायण खड्काको आग्रह : उदयपुर अवस्थाप्रति गम्भीर बनिदिनुहोस्

काठमाडाैं, १४ वैशाख-सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले उदयपुरमा कोरोना संक्रमण रोकथामका लागि विशेष कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मालाई भेटेर सांसद खड्काले यस्तो आग्रह गरेका हुन् ।

भेटका क्रममा उनले जिल्लामा पर्याप्त चिकित्सकहरूको कमी रहेको सुनाए । ‘परीक्षणको लागि आवश्यक सामाग्री पनि पर्याप्त छैनन् । टेस्ट किट, एन–९५ मास्क, स्यानीटाईजर, भेन्टिलेटरजस्ता स्वास्थ्य सामाग्रीको अभाव छ’, आफूले प्रधानमन्त्रीलाई भनेका कुरा उल्लेख गर्दै डा. खड्काले भने ।

आवश्यक स्वास्थ्य सामाग्रीको अभावका कारण कोरोना संक्रमणको आशंका गरिएकाहरू पनि परीक्षण गर्न नसकिएको भन्दै डा. खड्काले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

जिल्लामा राहत पनि न्यायोचित ढंगबाट वितरण नभएको कुरा प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए । जिल्लाका समस्या सुनाएपछि डा. खड्काले तालुकदार मन्त्रालय र कोरोना भाइरस नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिलाई आवश्यक कदम चाल्न तत्काल निर्देशन दिन प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरे ।

प्रतिक्रियामा प्रधानमन्त्री ओलीले उदयपुर जिल्लाको संवेदनशीलताप्रति गम्भीर रहेको र आवश्यक चाल्ने आश्वासन दिएका डा. खड्काले बताए । पूर्वमन्त्रीसमेत रहेका खड्का उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

सम्बन्धित समाचार

अनलाइनबाट सामान विक्रि गर्ने भन्दै ठगि गर्ने पक्राउ

विराटनगर, ४ माघ । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भनि ठगि गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगि गर्ने २ जनालाई आज सार्वजनिक गरेको हो ।...

सामाजिक काममा सक्रिय पललाई ‘रियल हिरो अफ दि इयर’ अवार्ड

काेराेना महामारी, प्राकृतिक विपत्तीमा प्रभावित नागरिकलाई निरन्तर सहयाेग, राहतमा उपलब्ध गराएका नायक पल शाहले 'रियल हिराे'काे सम्मान पाएका छन् ।  लकडाउनमा बेरोजगार बनेका सिनेकर्मीलाई राहत तथा सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई 'रियल हिरो अफ दि...

प्रहरीलाई सफलता, विराटनगरबाट १८९ केजी गाँजासहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बोकेका दुईवटा कारसहित चारजनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । सोमबार राती छुटा छुट्टै दुई स्थानबाट १८९ केजी गाँजा सहित चार जनालाई पक्राउ गरेको हो । लागु औषध...

४३ हजार बढीको कोरोना परीक्षण, ४७ जनामा संक्रमण, ९ जना निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा बिहीबारसम्म ४३ हजार बढीको परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४३ हजार ७ सय २२ जनाको परीक्षण गरिएको जानकारी दिइएको हो । यी परीक्षण पीसीआर...

अष्टलक्ष्मी शाक्य बनिन् पहिलो महिला मुख्यमन्त्री

काठमाडौं, २ भदौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि एमाले बागमती संसदीय दलको बैठकले शाक्यलाई दलको नेतामा चयन गरेको थियो । संसदीय दलको नेतामा सर्वसम्मत चयन...

महाकाली सन्धीले कालोपानी गुमाएको हैन : विष्णु पौडेल

काठमाडौं, ३१ जेठ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धीको बचाउ गरेका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धीमा प्रयोग भएका शब्दहरुको गलत...

खोप परीक्षणका लागि स्वयंसेवकलाई सक्रिय कोरोना भाइरस 

एजेन्सी, ९ असोज-कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्न स्वस्थ स्वयंसेवकहरूलाई सक्रिय कोरोना भाइरस दिने तयारी गरिएको छ । बेलायत स्वस्थ व्यक्तिलाई संक्रमित बनाउने पहिलो मुलुक बन्न सक्ने बताइएको हो । ‘च्यालेन्ज ट्रायल’ भनिने सो परीक्षण लन्डनमा...

समाजसेवी दीनबन्धु गोयललाई भव्य नागरिक अभिन्दन

विराटनगर । प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्