दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस

 न्यूज विराट
दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस

बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विवादित दुवै अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।८ वैशाखमा जारी गरेका दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषदले गरेको थियो । दुवै अध्यादेशलाई सोही दिन नै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेर जारीसमेत गरेकी थिइन् ।

शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले दुईवटै अध्यादेश संविधानको धारा ११४ (ख) बमोजिम फिर्ता गर्ने निर्णयका साथ राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

अध्यादेशको चौतर्फी विरोध भएपछि बिहीबार पार्टी नेतासँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने संकेत गरेका थिए । पार्टीभित्र छलफल नगरी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली घेराबन्दीमा परेका थिए ।

सम्बन्धित समाचार

रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने

काठमाडौं, २३ माघ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका लागि अनुमति दिएको छ । डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खाना, स्विमिङ पुल तथा फुटसल १...

फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १ सय ७

काठमाडौं, १६ भदौ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य...

दोहोरो अंकले नेप्से घट्दा कारोबार रकम ४ अर्बमा सीमित

सोमबार नेप्से ११दशमलव ७८ अंकले घटेर २८२२ दशमलव ७३ अंकमा बन्द भएको छ । नेप्से दोहोरो अंकले घट्दा कारोबार पनि यस वर्षकै न्यून भएको हो । १९ अर्बको दैनिक कारोबार हुने बजारमा आज ४ अर्ब...

विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली

बागलुङ, २५ वैशाख-अघिल्ला वर्षका वैशाख र जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपाली भने कामविहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार कामको चापले लगनको महिनामा राम्रोसँग खान र सुत्न...

पार्टी फुट्दैन, फुटाउन चाहने आफैँ सकिन्छन् : नेता तामाङ

सिन्धुपाल्चोक, २४ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बताएका छन् । सिन्धुपाल्चोक चौतारामा आज आयोजित कार्यक्रममा उनले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेको छ, यस्तो...

प्रदेश २ का आठै जिल्लामा विज्ञ परिचालित

धनुषा, १४ वैशाख-प्रदेश–२ का ८ जिल्लामा रहेका शंकास्पद ठानिएकाका स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न विज्ञहरू परिचालन गरिएको छ ।नेपाली सेना, मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान) र इडीसीटीबाट आएका प्राविधिक टोलीले स्वाब सङ्कलन सुरु...

प्रदेश १ मा आज भीषण वर्षाको सम्भावना

विराटनगर, ३ असार । प्रदेश १ सहित मुलुकका चारवटा प्रदेशमा आज भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा अत्याधिक...

नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया– वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्