प्रदेश २ का विभिन्न ठाउँमा दीपावली

 न्यूज विराट
प्रदेश २ का विभिन्न ठाउँमा दीपावली

जनकपुर, ११ वैशाख-मधेस केन्द्रित राजपा र समाजवादी पार्टीबीच एकता भएपछि प्रदेश २ का विभिन्न स्थानमा दीपावली गरिएकाे छ । लकडाउनका बाबजुद जनता-समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले दीपावली मनाएका हुन् । सप्तरीको राजविराजस्थित गजेन्द्र चोक र जनआन्दोलन चोकमा मैनबत्ती लिएर नवगठित पार्टीका कार्यकर्ताहरू निस्केका थिए ।

खुसियाली र दीपावली एकैसाथ मनाएकाे उनीहरूले बताए । लकडाउनका बाबजुद दीपावलीमा राजपा र समाजवादीका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेता सहभागी थिए ।

पार्टी एकताले मधेसी जनताको अधिकार सुनिश्चित हुने भन्दै खुसियाली मनाइएकाे दीपावलीमा सहभागी एक नेताले बताए । दीपावलीमा राजविराजका मेयर शम्भु यादव तथा तिलाठी गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि पनि सहभागी थिए ।कार्यकर्ताले खुसी भएर दीपावली गरेको तर सामाजिक दूरी कायम राखिएको राजविराज नगरपालिकाका मेयर शम्भु यादवले बताए । ’फोटो खिच्ने बेलामा चाहिँ दूरी कायम भएन । नत्र दूरी कायम गरेरै खुसियाली मनाइएको हो,’ उनले भने ।

सम्बन्धित समाचार

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन थप्ने सम्भावना

काठमाडौं, ४ जेठ-आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । लकडाउनबारे निर्णय गर्नका लागि बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । केही दिनयता लगातार संक्रमितको संख्या बढेसँगै आजको बैठकले लकडाउनको अवधि लम्बाइने...

२४ घण्टामा २१११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २८ कात्तिक-नेपालमा शुक्रबार थप २ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको...

थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ७५ पुग्यो

काठमाडौं, १२ जेठ-नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, भेरी...

उपत्यकामा ५१८ बेडको क्वारेन्टाइन, तारे होटल, रिसोर्ट र होमस्टेबारे सोच्दै सरकार

सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जनाएको छ ।कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरुलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टिन स्थलको अनुगमनपश्चात् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८...

प्रदेश १ मा १० जना संक्रमित थपिए

विराटनगर, १० साउन–प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १÷१ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २...

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, १२ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि बस्ने बैठकले मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ । स्थायी...

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव

चितवन, ४ मङ्सिर-तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण...

मोरङमा थप १ कोरोना संक्रमितको मृत्यु

विराटनगर, साउन २८-मोरङका थप १ जनाको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्