सुर्खेत, वैशाख ११-कालिकोटमा बाहिरबाट आएका २ सय १ जनालाई क्वारेन्टाइन राखिएको छ । जिल्ला बाहिर अलपत्र रहेकालाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको हो ।
बाहिरी जिल्लाबाट कालिकोटमा बुधबार मात्र ३ सय ३३ जना भित्रिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।प्रशासनका अनुसार जिल्ला भित्रिनेमा १ सय ५३ कालिकोटकै र १ सय ८० नागरिक जिल्ला बाहिरका रहेका छन् ।
जिल्लामा प्रवेश गरेकालाई खाँडाचक्र नगरपालिकामा ८५, तिलागुफा नगरपालिकामा १९, पचालझरना गाँउपालिकामा ८, सान्नीत्रिवेणी गाँउपालिकामा ४०, नरहरिनाथ गाँउपालिकामा २३ र महावै गाँउपालिकामा २६ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिए ।