आज १४ औँ लोकतन्त्र दिवस

 न्यूज विराट
आज १४ औँ लोकतन्त्र दिवस

काठमाडौं, ११ वैशाख-१९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदै छ ।कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिका कारण पाएकाले लोकतन्त्र दिवसको महत्व छ ।

वि.सं २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरी आफूखुसी कार्यकारी प्रमुख तोक्न थालेका थिए । आफूखुसी तोकिएका प्रधानमन्त्रीबाट समेत सन्तुष्ट नभएर २०६१ माघ १९ गते मन्त्रिपरिषद्को अध्यक्षसमेत राजा नै बनेपछि आममानिसमा राजतन्त्रप्रति वितृष्णा बढ्दै गयो ।

१९ माघपछि तत्कालीन आन्दोलनरत ७ दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनको वातावरण बनेको थियो । जनआन्दोलनको माग २०५९ जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना, निरङ्कुश राजतन्त्रको अन्त्यलगायत थियो ।

नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष ४ जेठ बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो ।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो । पहिलो संविधानसभाले संविधान बनाउन नसके पनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएर कार्यान्वयनको क्रममा छ । ११ वैशाखपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रुपमा स्मरण गरिन्छ ।

सम्बन्धित समाचार

अनलाइनको गुणस्तर मापनका लागि छलफल आवश्यक

काठमाडौं, २९ असार-अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले अनलाईन सञ्चारमाध्यमको गुणस्तर मापनका लागि छलफल आवश्यक रहेको बताएका छन् ।  अहिले प्रतिदिन एकवटा अनलाइन दर्ता हुने गरेको तथ्याङ्कले गुणस्तरभन्दा संख्या मात्रै वृद्धि हुने भन्दै खतिवडाले यो...

नेकपा सचिवालयमा ओली–प्रचण्डको प्रस्तावमाथि छलफल सुरु, बिवाद मिलाउन आयो यस्तो बिकल्प

काठमाडौं, मंसिर १६-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले राख्नुभएको प्रस्तावमा आजबाट औपचारिक छलफल अघि बढेको छ । आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीबिरुद्ध...

बझाङमा क्वारेन्टाइनमा बसेका युवकद्वारा आत्महत्या

बझाङ, ८ असार-बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाकाे बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् । ३ दिन अघि मात्र भारतको...

२४ घण्टामा थप १ हजार २२८ जनामा संक्रमण

काठमाडौं, १८ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

विराटनगरबाट सट्टाबाजी गर्ने तनी पक्राउ

विराटनगर, ३ कात्तिक–छिमेकी मुलुक भारतको युएइमा जारी इन्यियन प्रिमियर लिग (आईपीएल) मा सट्टाबाजी खेलाउने विराटनगरका तीन जना पक्राउ परेका छन् । आइपिएलमा अनलाइनमार्फत सट्टाबाजी खेलाएको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ...

एनआरएनएको कोभिड–१९ तथ्याङ्क : एक सातामा २१ जनाको मृत्यु

काठमाडौं,  ११ असोज-विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा ५, साउदी अरबमा १४, युएईमा १, युगान्डामा १ गरी शनिबार साँझसम्म...

कक्षा कोठामै उपस्थित भएर पठनपाठन गराउने अवस्था छैन : शिक्षामन्त्री

काठमाडौं, २३ साउन-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले वैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको...

कटहरीको सडक कालोपत्रे गर्ने प्रतिबद्धतापछि आन्दोलन स्थगित

विराटनगर । विराटनगरको हाटखोला– रंगेली हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्ड कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयले आन्दोलन स्थगित गरेका छन् । तीन महिना भित्र उक्त सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीले सहमति गरेपछि यहाँका स्थानीयले एक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्