उदयपुर, बैशाख १०-विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्ध अहिले विश्वनै लडि रहेको छ । यो महामारीले नेपाललाई पनि छोएको छ । कोरोनाबाट नेपालको सबै भन्दा प्रभावित जिल्ला उदयपुर भाको छ ।
उदयपुरमा संक्रमितको संख्या २७ जना पुगेको छ । यप संकटको घडीमा उयदपुरका सबै राजनीतिक दलहरु एक ठाँउमा उभिएका छन । जिल्ला कोरोना भाइरसले उच्च जोखिम रहेकोले यसका विरुद्ध लड्नका लागी हामी जिल्लाका सबै राजनीतिक पार्टीहरु एक ठाँउमा उभिएको नेपाल कम्युष्टि पार्टी (नेकपा)का जिल्ला अध्यक्ष बिनोद कटुवाल ‘दिवस’ले बताए।
सर्वदलिय समितीले बुधबार एक विज्ञप्ती जारी गर्दै “कोभिड–१९ ले उदयपुर जिल्ला भयावह अवस्थामा पुगेको भन्दै जिल्लावासीलाई घर बाहिर ननिस्किन अनुरोध गरेको छ ।” साथै जिल्लाका विभिन्न धार्मीक स्थल गाँउ टोलहरुमा संक्रमित व्यक्ति र सो सँग सम्बन्धित सरोकारवालाहरुको जाच गराउन प्रदेश सरकार र संघिय सरकारको गम्भीर ध्यानर्कष गराएको अध्यक्ष कटुवालले बताए।
साथै अध्यक्ष “कटुवालले परिक्षणलाई ब्यापक नबनाउने हो, भन्ने निकै ठुलो संक्रमण फैलिने खतरा भएको हुनाले प्रदेश सरकार सँग पनि परिक्षणको सामाग्री नभएको हुदा छिटो भन्दा छिटो केन्द्र सरकारले यसमा तदारुकता देखाउन आवश्यकता रहेको बताए ।”
उक्त विज्ञप्तिमा नेकपाका जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली काँग्रेसका सभापति विदुर बस्नेत, राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिब खेमनारायण यादव, समाजवादी पार्टीका अध्यक्ष केशब मगर र नेकपाका सचिब ईश्वरमणि राउतको हस्ताक्षर रहेको छ ।