उदयपुरमा कोरोना संक्रमित बढ्दै जाँदा लहानमा त्रास

 न्यूज विराट
उदयपुरमा कोरोना संक्रमित बढ्दै जाँदा लहानमा त्रास

सिरहा, १० वैशाख-उदयपुरका २७ जनामा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानमा त्रास फैलिएको छ । उदयपुर जिल्लाबाट हुने आवतजावत तत्काल रोक्न यहाँका स्थानीयवासीले माग गरेका छन् । उनीहरूले छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमित भेटिएकाले सिरहाको लहान उच्च जोखिमा परेको भन्दै उदयपुर जिल्लाबाट हुने गरेको आवतवाजत पूर्णरुपमा रोक्नुपर्ने माग गरेका हुन् ।

उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले लहान पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले उदयपुरबाट हुने आवतजावत तत्काल रोक्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

आवतजावत रोक नलगाए स्थिति भयावह हुन सक्ने भएकाले लहानको पूर्वी प्रवेश नाकाबाट सर्वसाधारणको प्रवेशमा पूर्ण रुपमा रोक लगाउनुपर्ने नागरिक अगुवा रामानान्द गुप्ताको भनाइ छ ।

उदयपुरको त्रियुगा नगरपालिकास्थित भुल्केमा कोरोना सङ्क्रमितको संख्या २७ जना पुगेपछि सिरहाको लहानमा त्रास बढ्को हो । कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेको बिगत एक महिनादेखि दैनिक जीवन प्रभावित हुँदै आएको छ । यता सुरक्षाकर्मीले लकडाउन पालना गराउन सडकमा चेकजाँजलाई कडाई गरेका छन् ।

यसैबीच लकडाउनको मारमा परेका गरिब, विपन्न, असहाय र मजदूरलाई सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले आजदेखि राहत वितरण शुरु गरेको छ ।

सखुवानन्कारकट्टी गाउँपालिकाले वडा नम्बर १ मौवाहीबाट राहत वितरण गर्न शुरु गरेको हो । प्रति परिवार १५ किलो चामल, दुई किलो दाल, एक किलो नुन, दुई किलो चिनी, एक लिटर तेल, २५० ग्राम मिक्स मसला, ह्यान्डवास र साबुन एक/एक थानका दरले वितरण गर्न शुरु गरेको गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।

यसैगरी भाग्य सुरक्षा कृषि सहकारी संस्था लिमिटेडले लहान नगरपालिका-९ का ४० अति विपन्न मजदूर परिवारलाई राहत वितरण गरेको छ । प्रतिपरिवार १० किलो चामल, एक किलो दाल, दुई किलो आलु, आधा लिटर खाने तेल, एक किलो नुन तथा दुई सय रुपैयाँ नगदका दरले राहत वितरण गरेको संस्थाका अमृतलाल चौधरीले जानकारी दिए । – रासस

सम्बन्धित समाचार

कोरोना संक्रमित बालिकाका अभिभावकमा देखिएन संक्रमण

काठमाडौं, ४ जेठ-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगङ्गाकी ६ वर्षीय बालिकाको अभिभावकमा कोरोना नेगेटिभ देखिएको छ । कपिलवस्तुबाट उपचारका लागि काठमाडौं पुर्‍याइएकी बालिकामा संक्रमण अस्पतालबाटै भएको हुन सक्ने देखिएको...

प्रहरीको हाकिम भन्दै असुली गर्ने विराटनगरबाट पक्राउ

विराटनगर । प्रहरीको हाकिम हुँ भन्दै धम्क्याएर व्यापारीसँग रकम असुली गर्ने गिरोहका एक जना सदस्यीय पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगर महानगरपालिका–२ का २९ वर्षीय रविन घिमिरेलाई पक्राउ गरेको हो । पक्राउ परेका घिमिरेले...

इष्टर्न कलेजमा भव्य भयो खेलकुद सप्ताह, एक दर्जन खेलकुदका कार्यक्रम

विराटनगर । विराटनगरस्थित इष्टर्न कलेजमा खेलकुद सप्ताह आयोजना गरेको छ । कलेज परिसरमा खेलकुद सप्ताह आयोजना गरेको थियो ।सप्ताह १८ चैतमा एक भव्य कार्यक्रम आयोजना गरी समापन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व...

विराटनगरमा खुल्दै १ करोड २५ लाखमा ‘ओएसिस लन्च एण्ड बार’, आम्दानीको १५ प्रतिशत सामाजिक काममा खचिर्ने

विराटनगर । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रमा रहेका जितेन्द्र श्रेष्ठले विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा ल्याउने भएका छन् । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड...

दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्ष यताकै खराब : विश्‍व बैंक

काठमाडौं, १० वैशाख-विश्‍व बैंककले दक्षिण एसियाको आर्थिक वृद्धिदर विगत ४० वर्ष यताकै खराब स्थितिमा पुगेको बताएको छ । नेपालका लागि देशीय प्रबन्धक फेरिस हदाद जार्भोसले नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा यस्तो बताएका हुन् ।...

कोरोनाबाट थप १७ जनाको मृत्यु

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा थप १७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोना संक्रमणबाट...

उच्च अदालत पाटनले थप सेवा सुरू गर्दै

काठमाडौं, २४ जेठ-कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रममा उच्च अदालत पाटनले आगामी सोमबारदेखि बन्दाबन्दीको समयमा केही सेवा सुरू गर्ने भएको छ । अदालतले सोमबारदेखि मिलापत्र, मुद्दा फिर्ता, तामेलीलगायतका सेवा थप गर्ने र...

जनप्रतिनिधि र कर्मचारीहरुलाई परिणाम मुखि काम गर्न मेयर बगडीयाको निर्देशन

विराटनगर, २१ मंसिर । मोरङको रंगेली नगरपालिकाको शिक्षा ऐन २०७९ पारित भएको छ । बिहिबार सातौँ नगरसभाले शिक्षा ऐन पारित गरेको हो । सो ऐन राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ । सातौँ नगरसभामा मेयर दिलिप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्