कोरोना सङ्क्रमणको केन्द्र भुल्के र त्रियुगा क्षेत्रमा परीक्षण उपकरण अभाव

 न्यूज विराट
कोरोना सङ्क्रमणको केन्द्र भुल्के र त्रियुगा क्षेत्रमा परीक्षण उपकरण अभाव

तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका-३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव हुँदा समस्या रहेको हो ।

स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उदयपुरको मात्र नभएर नेपालकै कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घर गरेर झण्डै ६५० जनसङ्ख्या रहेको छ तर अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

३ सय १९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने देखिएको र दबाब भए पनि सोहीअनुसार आइरहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

सम्बन्धित समाचार

अध्ययनमा अब्बल विद्यार्थीलाई मेरिल्याण्डलको सम्मान

विराटनगर । विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले कक्षा– ११ का उत्कृष्ट ५० विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । कलेज परिसरमा मंगलबार एक कार्यक्रम गरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको हो । दोश्रो त्रैमासिक परीक्षामा...

भारतबाट चोरबाटो हुँदै नेपाल फर्कन लागेका ६ जना पक्राउ

सिरहा, ५ वैशाख-भारतबाट चोरबाटो हुँदै नेपाल फर्किदै गरेका ६ जनालाई पक्राउ गरी क्वारेन्टाइनमा पठाएको छ । सिरहाको औरही गाउँपालिकास्थित इटाटार नाका हुँदै नेपाल प्रवेश गर्न लागेका ६ जनालाई पक्राउ गरी क्वाइरेन्टाइन पठाइएको जिल्ला प्रहरी कार्यालय...

व्यापारीमाथि आक्रमण गर्नेलाई प्रहरीले यसरी समात्यो

विराटनगर । विराटनगरको मुख्य बजार ट्राफिक चोकको ग्लोबल बैङ्कभित्र सामान्य विवादलाई लिएर एक जना व्यापारीमाथि आक्रमण गरेको खुलेको छ ।विराटनगर – १५ घर भएका ३२ वर्षीय राहुलकुमार रायमाथि विराटनगर १२ का दीपेन्द्र कामतले चक्कु प्रहार...

कोभिड खोप आयातका लागि समयमै गृहकार्य थाल्न अपिल

नागरिक अगुवाले कोभिड- १९ विरुद्धको खोप छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन सरकारलाई अपिल गरेका छन् । आज १० जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड- १९ विरुद्धको...

राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रम नेतृत्वको प्रमण्डल सहभागी हुँदै

काठमाडौं,  २ असोज-प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ ।  न्युयोर्कमा आजदेखि सुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी शुक्रबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र...

ओलीलाई कुर्दै नेकपा सचिवालय सदस्य

काठमाडौं, २४ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलायका सदस्यहरू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई कुरेर बसेका छन् । बैठककै बीच बाहिरिएका ओलीको प्रतीक्षामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका सदस्यहरू सरकारी निवास बालुवाटार बसेका...

मोरङको केराबारीमा आफ्नै घरभित्र भेटियो युवकको शव

विराटनगर । मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीमा सोमबार दिउँसो आफ्नै घरभित्र युवकको शव फेला परेको छ । ३० वर्षीय राम ऋषिदेवको शव घरको माथिल्लो तलाको कोठाभित्र फेला परेको हो । सिरक ओढेको र शरीर सुन्निएको...

कोशीमा सबै मिलेर जानुको विकल्प छैन : हिक्मत कार्की

विराटनगर । एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अदालतले गठबन्धनले मिचेको संविधान र कानूनको संरक्षण गरेको बताएका छन् । सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएपछि उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्