डब्लूएचओको चेतावनी: अझै खराब अवस्था आउँदै छ

 न्यूज विराट
डब्लूएचओको चेतावनी: अझै खराब अवस्था आउँदै छ

एजेन्सी, बैशाख १०-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडहानम गेहब्रियससले कोरोना भायरसको महामारीको अझै खराब चित्र देख्न बाँकी नै रहेको चेतावनी दिएका छन् ।

उनले कोरोना भाइरसले अझै खराब अवस्था निम्त्याउने चेतावनी दिए । जेनेभामा पत्रकार सम्मेलनका क्रममा उनले केही देशले अब प्रतिबन्ध लगाउन सुरु गरेको जानकारी दिए ।

उद्यपि उनले कोरोना भाइरसका कारण अब कस्तो सम्म अवस्था आउँछ र यस्तो भन्नुको कारण भने खुलाएनन् । यद्यपि डब्लुएचओले यसअघि नै अफ्रिका अबको कोरोना संक्रमणको केन्द्र बन्न सक्ने र लाखौंको मृत्यु हुनसक्ने चेतावनी दिएको थियो ।

उता युरोपेली राष्ट्र र अमेरिकाले प्रतिबन्ध अझै लम्ब्याउने तयारी गरिरहेका छन् । तर डब्लुएचओले संसारका सबै देशलाई सावधान अपनाउन आग्रह गरको छ ।

महानिर्देशक टेड्रोसले कोरोना संक्रमणको तुलना १९१८ को स्पेनिस फ्लुसँग गर्दै अवस्था निकै खराब हुने चेतावनी दिएका हुन् । सो फ्लुमा लाखौं मान्छेको मृत्यु भएको थियो । यद्यपि उनले देशहरु औंद्योगिक चरणमा रहेका र संकटबाट बच्न सक्ने भन्दै डराउने आवश्यकता नरहेको बताएका छन् ।

उनले भने, ‘विश्वास गर्नुहोस् कि सबैभन्दा खराब क्षण अझै आउनेवाला छ । यसकारण संकट रोक्नका लागि सबैले ध्यान दिऔं ।’ डब्लुएचओका महानिर्देशक टेड्रोसले डब्लुएचओले सुरुवातदेखि नै कोरोना भाइरसको खतराविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएको स्मरण गराएका छन् ।
उनले कोरोना भाइरसको विषयमा सुरु देखि नै अमेरिकालाई केही पनि नलुकाएको बताएका छन् ।

सम्बन्धित समाचार

नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने

विराटनगर, ३ माघ । नेपाल डोरी तान संघ प्रदेश १ को अध्यक्षमा रीता न्यौपाने चयन भएकी छन् । शुक्रबार सम्पन्न डोरीतान संघको प्रथम प्रदेश भेला तथा अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । समितिको उपाध्यक्ष सबिता...

कोरोना संक्रमित १३ जनाले खुला चौरमा रात बिताए

सुर्खेत, १९ जेठ-सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित खुला चौरमा रात बिताएका छन् । नगरपालिका भित्रका २५ जना संक्रमितमध्ये १३ जनाले खुल्ला चौरमा त्रिपाल टागेर रात बिताएका हुन् । २५ जनामध्ये १२ सल्यानलाई अस्पताल लगिए...

जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि रेडस्टार र सुविजिमुर स्कुललाई

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि मोरङको पथरीस्थित रेडस्टार र सुन्दरहरैचना नगरपालिकामा रहेको सुविजिमुर मेमोरियल स्कुललले जितेको छ । प्याब्सन मोरङले विराटनगरमा शनिबार आयोजना गरेको लोकनृत्य प्रतियोगिताको फाइनलमा रेडस्टारले जुनियरतर्फ र सुविजिमुरले सिनियरतर्फको...

आज ३०५१ संक्रमित थपिए, ३४३० जना डिस्चार्ज

काठमाडौं, २० कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ हजार २ सय ९ महिला र १ हजार ८ सय ४२ पुरुष रहेका छन् ।  योसँगै संक्रमितको...

कोरोना संक्रमितलाई वर्गीकरण गरेर उपचार गरिने

विराटनगर, १४ जेठ-कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजिटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्नेे तयारी सुरू गरेको प्रदेश सरकारले जनाएको...

कोरोना जितेकी प्रसिद्धी भन्छिन्- मेरो रगत कोरोनाका बिरामीलाई दिनेछु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबार छुट्टै माहोल बन्यो । कारण– कोरोना भाइरस संक्रमित प्रसिद्धी श्रेष्ठको डिस्चार्च ।उनी २७ दिनपछि कोरोना जितेर टेकु अस्पतालबाट डिस्चार्ज भएकी हुन् । ‘डाक्टरहरुलाई धन्यवाद,’ डिस्चार्जपछि उनले भनिन्, ‘मेरो...

एस्पायर कलेजमा विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–१४ मलायरोडमा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमको रुपमा सञ्चालित एस्पायर कलेजले भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखकरण गराएको छ । शैक्षिक सत्र २०२३ मा बि.पि.एच. तथा बि.टेक.एड.आईटीमा भर्ना भएका ६१ जना नयाँ विद्यार्थीहरुलाई इटहरीस्थित...

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

एजेन्सी, असार १७-दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्