पत्रकार तथा उपन्यासकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगको आशंकामा ललितपुरको हरिसिद्धिस्थित नेपाल नेपाल क्यान्सर अस्पतालमा उपचार उपचाररत थिए ।
क्यान्सर भए नभएको पुष्टि नहुँदै पिटरको हृदयाघातका कारण बुधबार बिहान साढे पाँच बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
क्यान्सरको आशंकामा उनलाई केही सातायता सो अस्पतालमा भर्ना गरिएको थियो । केही दिनअघि उनी कुपण्डोलस्थित घर फिर्ता भएपनि मंगलबार थप उपचारका लागि अस्पताल पुर्याइएका पिटरको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो।
‘प्रत्येक ठाउँ प्रत्येक ठाउँ’ उपन्यासका लागि साझा पुरस्कार विजेता पिटर नेपाली र अंग्रेजी दुवै भाषामा राम्रो दख्खल थियो । हिमालयन टाइम्स, काठमाडौँ पोस्ट र रिपब्लिकालगायत अंग्रेजी दैनिकहरुमा उनले लामो समय कपि एडिटरका रुपमा काम गरेका थिए।