काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १ जनामा संक्रमण भएको पुष्टि गरेको थियो । साँझ थप ९ जनामा पनि संक्रमण पाइएको मन्त्रालयले जनाएको हो ।
यसअघि त्रियुगास्थित मस्जिदमा थप १३ जनामा कोभिड १९ देखिएको थियो । ११ भारतीय र १ नेपालीमा गत शुक्रबार संक्रमण पुष्टि भएको थियो । त्यस्तै, उनीहरूसँगै बस्दै आएका विराटनगरका ६५ वर्षीय व्यक्तिमा गत शनिबार कोरोना पुष्टि भएको थियो ।
उनीहरूलाई सेती अस्पतालम राखिएको छ । अहिले वीरगञ्जको नारायणी अस्पतालमा ३ जना, धौलागी अस्पतालमा १ जना, पाटन अस्पतालमा २ जना, टेकु अस्पतालमा १ जना, सेती अस्पतालमा २ जनाको उपचार भइरहेको छ । ५ जना भने संक्रमण मुक्त भएर घर फर्किएका छन् ।