महोत्तरी, ८ वैशाख-लकडाउनका अवस्थामा गत २२ चैत राति लुकिछिपी भारतबाट महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ देखिएको छ ।
करीब १५ दिनसम्म साथीका घरमा लुकिछिपी बसेका ती किशोरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो ।
भारत, उत्तर प्रदेश राज्यको १ मदरसामा पढ्दै गरेका तिनीहरु बहेडा गाउँका १ साथीसँग आआफ्ना घर फर्किने क्रममा भारत बिहारको सीतामढीमा लकडाउनका कारण घर जान नसकेपछि साथीसँगै महोत्तरीको बहेडामा आएर बसेका थिए ।
२२ चैत राति आएर बसेका ती किशोरलाई महोत्तरी जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको सहयोग एवं समन्वयमा छुट्टै घरमा क्वारेन्टाइन बनाएर राखिएको थियो ।