लकडाउनको १ महिनापछि मस्जिदमा धार्मिक गतिविधि बन्द

 न्यूज विराट
लकडाउनको १ महिनापछि मस्जिदमा धार्मिक गतिविधि बन्द

सुर्खेत, ८ वैशाख-कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै १ महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् ।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१०, बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धार्मिक गतिविधि बन्द गरेको हो । मस्जिदले इमाम तथा मोहोजिमबाहेक अन्यलाई संयुक्त रूपमा नमाज पढ्न बन्द गरेको हो ।

वीरेन्द्रनगरस्थित बढी भीडभाड हुने अन्य धार्मिकस्थल भने लकडाउन लागू भएदेखि नै बन्द थिए । जिल्ला प्रशासनले मन्दिर र चर्चमा निगरानी बढाए पनि मस्जिद खुला थिए । यहाँ २ मस्जिद छन् ।

नेपाली सुन्नी मस्जिद गुल्सने मदिना अध्ययन केन्द्र सुर्खेतले सबैलाई घरमै नमाज पढ्न व्यवस्था मिलाउनुका साथै शुक्रबारको विशेष नमाजलगायतका हरेक दिन हुने भीडभाड नगर्न मुस्लिम समुदायलाई अपिल गरेको छ ।

मदिना अध्ययन केन्द्रका अध्यक्ष फजिर बक्सले पछिल्लो समय जिल्लाबाहिरबाट कुनै पनि धार्मिक व्यक्ति प्रवेश नगरेको बताए । ‘कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न अपिल गरेका छौँ’, अध्यक्ष बक्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक परेको खण्डमा मदरसालाई क्वारेन्टाइनका लागि उपलब्ध गराउन तयार छौँ ।’ रासस

सम्बन्धित समाचार

भारतबाट इन्धन र खाद्यान्न बोकेका ८५ ट्याङ्कर र ट्रक भित्रिए

सीमानाका बन्द गरेर लकडाउन गरिए पनि भारतबाट हुँदै आएको अत्यावश्यक वस्तुको आयात भने जारी रहेको छ । एकैदिन भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न र तरकारी बोकेका ८५ वटा ट्रक र ट्याङ्कर नेपाल भित्रिएको नेपालगञ्ज भन्सार कार्यालयले...

प्रथम बुढीगंगा हाफ म्याराथन हुने, बिजेतालाई नगद १ लाख पुरस्कार

विराटनगर । मोरङको बुढीगंगामा कार्तिक १० गते प्रथम बुढीगंगा राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । लायन्स क्बल अफ टंकिसिनवारी ग्रिनसिटीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । आयोजकले विराटनगरमा सोमबार...

मोरङको क्षेत्र नं. ४ बाट मन्टु शेखको पहिलो नम्बरमा राखेर नाम सिफारिस

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । काँग्रेस क्षेत्र नं. ४ को क्षेत्रिय समितिको बैठकले...

कोरोना परीक्षणको संख्या ३३ हजार नाघ्यो

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट ३३ हजार ५ सय ६२...

कोवास कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव २ सय ५० विद्यार्थीलाई मायाको चिनो...

सरकारले ल्याएका २ अध्यादेश खारेज गर्न राजपाको माग

सोमबार सरकारले पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण भएका २ अध्यादेश खारेज गर्नको लागि राष्ट्रिय जना पार्टी (राजपा) नेपालले माग गरेको छ । राजपाका संयोजक शरदसिंह भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनले...

बाढीपहिरोले प्रदेश १ मा ५० जनाको मृत्यु

विराटनगर, ३ कात्तिक । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बुधबार साँझसम्म ५० जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म बाढीपहिरोमा परेर पाँचथर २२ जना, इलाममा १३ धनकुटा ६, सुनसरीमा ५,...

नेपाली नागरिकको भारतमा गोली हानी हत्या

जनकपुर, फागुन १–भारतमा एक नेपाली नागरिककोे गोली प्रहार गरी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका– १०, खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो । उनी बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्