भारतको राजस्थानबाट नेपाली किशोरीको उद्धार

 न्यूज विराट
भारतको राजस्थानबाट नेपाली किशोरीको उद्धार

काठमाडौं, ७ वैशाख-कोरोना महामारीका कारण नेपाल–भारत सीमा पूर्णरूपमा बन्द रहेका बेला पनि मानव तस्करहरु सक्रिय रहेका छन् । भारत २१ मार्चदेखि पूर्ण रूपमा लकडाउन छ । योसँगै नेपाल–भारत सीमामा आवतजावत पनि ठप्प छ । लकडाउनकै बीच २४ मार्चमा भारतको उत्तरी राज्य राजस्थान पुर्‍याइएकी १ किशोरीलाई मानव बेचबिखनविरुद्ध कार्यरत संस्था ‘आफन्त नेपाल’ले उद्धार गरेको छ।

आफन्त नेपालका अनुसार पोखराकी १७ वर्षकी किशोरीलाई भारतको राजस्थानबाट उद्दार गरिएको हो । ती किशोरीले पोखरामा रहँदा १ जना चिनजानको महिलाले आफ्नो घरमा जाऔँ भनी लगेर मिठाई खान दिएको र त्यसपछि आफूलाई चक्कर आएर बेहोश भएको बताएकी छिन् । उनले होश खुल्दा अन्जान शहरमा पाएको बताएकी छिन् ।

‘आफूलाई सडकमा एक्लै पाएँ । र, आफू जोखिम अवस्थामा देखेपछि प्रहरीको सहयोग मागे । अहिलेको अवस्थालाई हेरेर प्रहरीले कोरोना परीक्षणका लागि अस्पताल भर्ना गरेको थियो ।’ ति किशोरीले भनेकी छिन् । अस्पतालको क्वारेन्टाइनमा रहँदा किशोरीको बारेमा क्वारेन्टाइनमै रहेका फ्रेन्च नागरिकलेउनको बारेमा नेपाल राजदूतावास नयाँदिल्लीलाई खबर गरेका थिए ।

किशोरीको बारेमा जानकारी पाएपछि दूतावासले ‘आफन्त नेपाल’लाई जानकारी दिएपछि विभिन्न माध्यमबाट अस्पताल व्यवस्थापनसँग सो संस्था सम्पर्क गरिएको जनाएको छ ।

संस्थाका निर्देशक इन्द्रराज भट्टराईका अनुसार किशोरीको उद्धार र पुनःस्थापनाका लागि राजस्थानको जयपुरस्थित चाईल्ड लाईन र जयपुर प्रहरीसँग समन्वय गरी कानुनी प्रक्रिया पूरा गरेपछि बालकल्याणको संरक्षणमा राखिएको छ ।

ति किशोरीको विषयमा दूतावासलगायत विभिन्न निकायले अनुसन्धान सुरु गर्नुका साथै हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै परिस्थिति अनुकूल भएपछि स्वदेश फिर्ता गरिने बताइएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेश टी– १० क्रिकेट : फुलबारी क्रिकेट क्लबसँग एलिट पराजित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लबसँग एलिट क्रिकेट क्लब पराजित भएको छ ।विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १० विकेटले...

२६ जिल्लाका सीडीओ सरुवा

काठमाडौं, चैत २–गृह मन्त्रालयले २६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । ३० फागुनको मन्त्रीस्तरीय निर्णयबाट ती सीडीओहरू सरुवा भएका हुन् । CDO_Details

लामो दूरीका सवारी साधन बन्द गरिने

सरकारले लामो दूरीका सवारी साधन बन्द गरेको छ । आगामी ९ गतेबाट लागू हुने गरी लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ९ चैतबाट...

औषधि पसलहरू बन्द गरेर आन्दोलनमा जाने चेतावनी

जनकपुर, फागुन २९–एक जना होटल व्यवसायीले औषधि व्यवसायीलाई कुटपिट गरेपछि आन्दोलनमा उत्रिएको नेपाल औषधि व्यवसायी संघ धनुषाले ९ चैतदेखि औषधि पसलहरू बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएको छ । नेपाल औषधि व्यवसायी संघ धनुषाका पूर्वमहासचिव...

कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्धार फिर्ता गर्ने निर्णाय, हिक्मत कार्कीको सरकार अल्पमतमा

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णाय गरेको छ । आज दिउँसो माओवादी केन्द्र कोशी प्रदेशको पदाधिकारीको बैठकले हिक्मत कार्कीको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णाय गरेको हो...

मोरङमा नयाँ आएका एसपीले हटाए ‘घुमुवा’, पाँच जना सादा पोषाकका प्रहरीको सरूवा

विराटनगर । मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले सादा पोषाकमा परिचालन हुने घुमुवा प्रहरी हटाएका छन् । सूचना संकलनका लागि भनेर यसअघि परिचालन भएको पाँच जना सादा पोशकका प्रहरीलाई फिर्ता बोलाएर उनीहरुको...

विराटनगर महानगरपालिका , पदाधिकारीको सुविधा तथा बैठक भत्तामै सकियो २ करोड ६० लाख

विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्य अनुसार आम्दानी गर्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७९÷०८० मा महानगरको संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँ थियो ।त्यसको तुलनामा महानगरपालिकाले...

विश्वकप क्रिकेट छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं, ६ फागुन । ओमानमा शुक्रबार सुरु भएको विश्वकप टी–२० क्रिकेट ग्लोबल छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार ओमानको अल अमरेत मैदानमा नेपालले घरेलु टोली ओमानलाई पराजित गर्दै प्रतियोगिताको शुखद् सुरुवात गरेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्