एजन्सी, बैशाख ७-कोरोना भाइरसका कारण भारतको पञ्जाब प्रहरीका एसीपीप अनिल कोहलीको मृत्यु भएको छ । लुधियानाका एसीपी कोहलीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनलाई लुधियानानको एससीएस अस्पतालमा प्लाज्मा थेरापी गर्नु पर्ने थियो । तर त्यो प्रक्रिया सुरु गर्नुअघि नै कोरोना भाइरसका कारण उनको निधन भएको हो । पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले एसीपी कोहलीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
केही दिनअघि एसीपी कोहलीलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । ५२ वर्षका एसीपी कोहलीले हालै कुनै पनि देशको यात्रा गरेका थिएनन् ।
शुक्रबार पञ्जाब सरकारले एक विज्ञप्ति जारी गरेर अनिल कोहलीको प्लाज्मा थेरापीको कोशिस गर्ने जानकारी गराएको थियो । उनी सो राज्यमा प्लाज्मा थेरापी लिने पहिलो बिरामी हुने थिए । परिवारका सदस्यसहित उनको सम्पर्कमा आएका अरु व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमणको आशंकामा परीक्षण गरिएको छ ।