जनकपुर, ६ वैशाख-जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेका २ महिलामध्ये एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ। प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार प्रहरीले जानकी नगरबाट पक्राउ गरेपछि उनीहरूकाे आरडीटी गरिएकाे थियाे ।
प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडीटी रिपोर्टमा काेराेना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरूको अहिले पीसीआर टेस्ट भइरहेको छ।
पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनीहरू नाताले भाउजू र नन्द हुन । आज साढे २ बजे जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।