उपचारमा संलग्न चिकित्सकलाई प्रधानमन्त्रीले दिए बधाई

 न्यूज विराट
उपचारमा संलग्न चिकित्सकलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् ।आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्ण रूपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्वद्ध सबैलाई बधाई तथा धन्यवाद दिएका हुन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती आज घर फर्किएकी हुन् । उनीभन्दा अगाडि १ जना पूर्ण स्वस्थ भई उपचारपश्चात् घर फर्किएका छन् । रासस

सम्बन्धित समाचार

महानवमीको अवसरमा खःमेय् जात्रा मनाइँदै

भादगाउँ, २८ असोज-भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदै छ । खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम...

काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ४१० महिला र ५३७ पुरुषमा संक्रमण पुष्टि भएको हो । आज काठमाडौंमा सबैभन्दा...

नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुँदैन : प्रचण्ड

काठमाडौं, ५ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट पारेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको ९९ वर्ष पुगेको र नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६५ वर्ष पूरा...

५० लाख खर्चमा २२ हजार गरीव नागरिकलाई तीन महिना पौष्टिक खाना खुवाउने कार्य शुरु

विराटनगर,३ साउन । निषेधाज्ञा समाप्त भएपनि दैनिक रोजगारी उपलव्ध नभएका ज्यालादारी मजदूर, सुत्केरी, बालबालिका, अपाङ, वृद्ध एवं सुकुम्वासी परिवारका सदस्यहरुलाई भोको पेट वस्नु नपरोस भन्नका लागि यहाँका सामाजिक संस्थाले २२ हजार ५०० जनालाई पौष्टिक खाना...

पाँचथरमा बाढीपहिराेमा परी मृत्यु भएका २६ जनाको सनाखत

पाँचथरमा बाढीपहिराेका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन...

बझाङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

बझाङ, २३ जेठ-बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लाभित्र संक्रमितको संख्या ७ पुगेको छ । त्यस्तै, बझाङका १ जनाको सुर्खेतमा उपचार भइरहेको छ । शुक्रबार कोरोना पुष्टि हुनेमा...

हाटखोला फुटबल क्लब क्वाटरफाइनलमा

विराटनगर । मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगितामा हाटखोला भेट्रान फुटबल क्लब विराटनगरमा क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैजानमा सोमबार राती भएको खेलमा हाटखोलाले आयोजक विराट मेघा भेट्रान क्लबलाई १० – ० को फराकिलो...

कोरोना संक्रिमत बढेपछि फेरि विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, २० साउन-लकडाउन अन्त्य गरेको घोषणासँगै फेरि कोरोना संक्रमितको संख्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग छलफल गर्ने भएका छन् । केही स्थानमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि अवस्था जटिल हुने भन्दै प्रधानमन्त्री ओलीले आज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्