विराटनगर, बैशाख ५–नेपाल कम्युनिष्ट पार्टी(नेकप) मोरङले सुरक्षाकर्मीका लागि व्यक्तीगत सुरक्षा सामाग्री ( पीपीई) सहयोग गरेको छ । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत सुरक्षाकर्मीका लागि १ सय थान पीपीई हस्तान्तरण गरेको हो ।
जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका लागि ५० र सशत्र प्रहरीका लागि ५० थान पीपीई सेट हस्तान्त्रण गरिएको नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । स्वास्थ्यकर्मीको अनुपस्थितीमा संकास्पद व्यक्तीलाई अस्पतालसम्म पूर्याउने काम प्रहरी कै भएकाले सुरक्षा सामाग्री सहयोग गरिएको उनले बताए ।
उनले खोजिम मोलेर सुरक्षाकर्मीहरु कोरोना भाइरस विरुद्धको लडाइमा खटिइरहेको र उनिहरुका लागि सुरक्षा सामाग्री अतिनै आवश्यक रहेकाले पिपिर्ई हस्तान्तरण गरिएको बताए ।