नेपाल आयाल निगमले आगामी १६ दिनलाई पेट्रोलको मूल्य यथावत राख्ने निर्णय लिएको छ । पेट्रोलियम पदार्थमा एकाधिकार कायम गरेको निगमले भारतीय आयल कर्पोरेसनबाट किन्ने पेट्रोलमा फेरि मूल्य घटाइए पनि उपभोक्ताको मूल्य भने नघटाउने निर्णय लिएको छ ।
निगमले बिहीबार जारी गरेको विज्ञप्तिमा पेट्रोलियम पदार्थको माग न्यून भएकाले भारतबाट खरिद मूल्य घटेर आए पनि मूल्य समायोजन नगरिएको बताएको छ ।
देशमा लगाइएको बन्दाबन्दीका कारण खाना पकाउने ग्यासबाहेक अन्य पदार्थको व्यक्तिगत प्रयोग नहुँदा माग घटेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।
निगमलाई भारतीय आयल कर्पोरेसनले प्रत्येक १५ दिनमा मूल्य समायोजन गरेर पठाउन सोही आधारमा निगमले मूल्य समायोजन गर्ने गरे पनि बढेको मूल्य छिटो कार्यान्वयन र घटेको मूल्यमा भने ढिलाइ गर्ने गरेको आरोप छ ।