काठमाडौं, ४ वैशाख-सरकारले ६९ जिल्लामा कोरोना भाइरसको र्यापिड डाइग्नोस्टिक टेस्ट सुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले ६९ जिल्लामा बताएका हुन् ।
‘७७ जिल्लाका जम्मा ८ जिल्ला बाँकी छन् । ताप्लेजुङ, इलाम, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकम पूर्व, डोल्पा गरेर ८ जिल्ला बाहेक अन्य सबै जिल्लामा र्यापिड टेस्ट सुरु भएको छ’ उनले भने ‘यी ८ जिल्लामा पनि हुने क्रममा छ ।’
सरकारले होम क्वारेन्टाइन र स्थानीय तहका क्वारेन्टाइनमा रहेका मानिसहरूमा कोरोना भाइरस संक्रमण भएन नभएको परीक्षण गर्न आरडीटी गर्ने गरेको छ । सरकारले यसका लागि प्रत्येक प्रदेशमा ५ हजारका दरले टेस्ट किट पठाएको छ ।