काठमाडाैं, ४ वैशाख-कोरोनाका कारणा देश नै लकडाउनकाे अवस्थामा रहेकाे बेला कारोबार घट्न सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सुरक्षित भएर सक्रिय रहन आग्रह गरेको छ ।
लकडाउनका कारण बैंकिङ कारोबार घट्नुका साथै बैंकिङ तथ्यांकको अभाव भएको भन्दै राष्ट्र बैंकले गतिविधिका बारेमा अनुगमन गरिरहन बैंकरहरूलाई आग्रह गरेको हो ।
त्यसो त राष्ट्र बैंकले वित्तीय साक्षरतालाई लकडाउनको समयमा बढाउन सकिने भन्दै बैंकिङ सूचना तथा जानकारीसमेत सर्वसाधारणलाई फोन गरेकै भरमा दिने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार बैंकसम्बन्धी जुनसुकै समस्या या जानकारी चाहिएमा सिधै राष्ट्र बैंकले तोकेको नम्बरमा फोन गरेर जानकारी लिन सकिनेछ । राष्ट्र बैंकले ९८५१२८२१४० र ९८५१०७९७९३ नम्बरको व्यवस्था गरेको छ, जसमा सर्वसाधारणले सिधै फोन गरेर समस्या राख्न सक्नेछन् ।