कोरोनाबाट भारतमा ४ सय २९ जनाको मृत्यु, ३ दिनमै ९० जनाले गुमाए ज्यान

 न्यूज विराट
कोरोनाबाट भारतमा ४ सय २९ जनाको मृत्यु, ३ दिनमै ९० जनाले गुमाए ज्यान

एजेन्सी, बैशाख ४-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो क्रममा छ। यहाँ संक्रकणका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आजसम्म ४ सय २९ पुगेको छ । पछिल्लो ३ दिनमा ९० जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै महाराष्ट्रमा १ सय ८९ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् ।

मध्य प्रदेशमा ५५, गुजरात ३३, दिल्ली ३२, तेलंगाना १८, पंजाब १३, तमिलनाडु १४, राजस्थान ११, कर्नाटक १३, आंध्र प्रदेश १४, उत्तर प्रदेश ११ जनाको ज्यान गएको छ । यसबाहेक अन्य प्रदेशमा पनि ज्यान गएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् ।

यहाँ १२ अप्रिलमा सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको थियो । १२ अप्रिलका दिन ३९ जना संक्रमितको मृत्यु भएको थियो । त्यसको अघिल्लो दिन ११ अप्रिलमा ६६ जनाको मृत्यु भएको थियो भने ९ अप्रिलमा ३४ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका थिए ।

भारतमा अहिले १२ हजार ४ सय ५६ संक्रमित भेटिएकोमा पछिल्लो २४ घण्टाको अवधिमा ८६ जना नयाँ संक्रमित थपिएका छन् । १ हजार ५ सय १३ जना भने उपचारपछि संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

आज १ हजार ४९७ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं, ८ असोज-पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ९७ जनामा कोराना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । ११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय...

पोखरिमा डुबेर एक किशोरको मृत्यु

बिराटनगर, ३२ साउन-मोरङ बिराटनगर महानगरपालिका–१४ मा स्थित पोखरीमा डुबेर १६ बर्षीय किशोरको मृत्यु भएको छ ।आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका विराटनगर–१५ का...

लायन्स क्लब हेल्थ प्रोफेसनलले मनायो स्थापना दिवस

विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले स्थापना दिवस मनाएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।जुलाई १२ का दिनलाई स्थापना दिवस (चार्टर्ड डे) का रुपमा लायन्स क्लब...

विराटनगरमा रोयल तन्दुरी एण्ड कबाव हाउस संचालनमा

विराटनगर । विराटनगर – ९ रेम्बो गल्लीमा रोयल तन्दुरी एण्ड कबाव हाउस संचालनमा आएको छ । रोयल विरयानी हाउसका चार जना संचालकले रोयल एण्ड कबाव हाउस शुक्रबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएका हुन् ।...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २४ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको छ । नेकपामा पछिल्लो समयमा विवाद बढेको छ । विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ...

एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, २५ साउन । नेकपा एमालेले आजका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी र दिउँसो ३ बजे बस्नै गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको...

महिलालाई आत्मनिर्भर बनाउन विराटनगरमा ब्यूटिसियन तालिम सुरू

विराटनगर । विराटनगर महानगरपालिका ४ मा ४५ दिने ब्यूटिपार्लर सम्बन्धी तालिम सुरू भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोग र गंगा ब्युटी पार्लर जामुनगाछीको सहयोगमा विराटनगरमा मंगलबारबाट तालिम सुरु भएको हो । महिलाहरुलाई सिप सिकाएर...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच चुनावी तालमेलमा हस्ताक्षर

विराटनगर, १० वैशाख ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरस्थित होटल विगमा शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्