शंख फुकेर कोरोनाविरुद्धको संघर्षमा सीके राउतको ऐक्यबद्धता

 न्यूज विराट
शंख फुकेर कोरोनाविरुद्धको संघर्षमा सीके राउतको ऐक्यबद्धता

जनकपुरधाम, २ वैशाख-कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आज शंख बजाएका छन् । उनले जनकपुरधामस्थित आफ्नै निवासमा शंख र घण्टी बजाएका छन् । शंख र घण्टी बजाएको दृश्य समाजिक सञ्जालमा पोष्टसमेत गरेका छन ।

उनकै आह्वानमा तराईका जिल्लामा शंख, घण्ट, थाली र ताली बजाइएको छ । उनका कार्यकर्ताले सामूहिक रूपमा विभिन्न जिल्लामा बिहान ७ बजेर ७ मिनेटमा थाली, ताली, घन्ट, शंख, सिटी बजाएका हुन् । डा. राउतले केही दिनअघि वैशाख २ गते शंख, घण्ट, ताली, सिटी बजाउन कार्यकर्तालाई आह्वान गरेका थिए ।

कोरोनाविरुद्ध लड्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवीसहित सबैलाई धन्यवाद ज्ञापन गर्न एकता प्रदर्शन गरिएको राउतले बताएका छन् । यद्यपि तराईमा उनको अपिलअनुसार जनताले त्यस्तो गरेनन् । उनका केही कार्यकर्ता तथा समर्थकले भने घन्टा, थाल, शंखलगायत बजाएर उनलाई साथ दिए ।

एकअर्कासँग सुरक्षित भौतिक दूरी राखेर आआफ्नो घर, छत र बाल्कोनीबाटै एकता नाद गरौँ, जनचेतना फैलाउन आफ्नो समुदायमा लाउडस्पीकर एफएमबाट पनि उद्घोष गरौं, दिनभरिमा पटक पटक साबुनपानीले हाथ धोऔं, यथासम्भव घर भित्रै बसौं, लकडाउनको पालन गरौं, बाहिर निस्किनै परे भौतिक दूरी बनाएर मात्रै बसौं र हिँडौँ, डाक्टरले सुझाव दिए अनुसार मास्कको प्रयोग गरौं, स्वस्थ खाना खाऔं, शारीरिक अभ्यास गरौं, जस्ता आह्वान पनि उलने गरेका थिए ।

सम्बन्धित समाचार

रुससँग तनावका बीच नेटोले पूर्वी युरोपमा पठायो लडाकु विमान

एजेन्सी, १० माघ । रुसले युक्रेनको सिमानामा एक लाखभन्दा सेना जम्मा गरेपछि उत्पन्न विवादका बीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पूर्वी युरोपका मुलुकमा लडाकु विमान र शिप परिचालन गरेको छ । रुसले युक्रेनमा आक्रमण...

८ कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति

चितवन,  २८ भदौ-भरतपुर अस्पतालले कोरोना संक्रमित ८ जना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल २ गर्भवती उपचाररत छन् । अस्पतालले संक्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको...

पहिलो याक्खा हाक्पारे ‘ओम्माङ्बा’ सार्वजनिक

विराटनगर । याक्सिगुम मिडिया प्रालिको ब्यानरमा निर्मित पहिलो याक्खा हाक्पारे भिडियो ‘ओम्माङ्बा’ सार्वजनिक भएको छ । सोमबार सुनसरीको धरानमा एक कार्यक्रम आयोजना गरी उक्त भिडियो सार्वजनिक गरिएको हो । गोकुल सोम्याहाङ्गद्वारा निर्मित उक्त भिडियोमा देउ...

वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना

वीरगञ्ज, १५ साउन-वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सरावगीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ...

मिल्स नकआउट फुटबल सुरु, उद्घाटनमा मोर्डन एराको विजय सुरुवात

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा सुरु भएको छ । विराटनगर जुटमिल खेलमैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा विराटनगरस्थित मोर्डन एरा स्कुल विजय भएको छ । उद्घाटन खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित जेभियर स्कुललाई टाईब्रेकरमा ५–४...

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्यो

काठमाडौं, ९ जेठ-नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा नवलपरासी (वर्दघाट...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा पुस्तक हस्तान्तरण

विराटनगर, १२ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बहुउपयोगी पुस्तकहरु हस्तान्तरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच ‘हामी युवा’ नामक सामाजिक सस्थालाई सयौँको संख्यामा पुस्तकहरु हस्तान्तरण गरेको हो । रोटरी...

कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं, २१ जेठ-नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँग नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दोलखा ७६ वर्षीय पुरुषको महाराजगञ्जस्थित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्