एजेन्सी, चैत ३०-चीनमा कोरोना भाइरस (कोभिड-१९) का करिब सय नयाँ ‘केस’ भेटिएका छन् । चीनमा कोरोना भाइरस संक्रमणका ९९ केस भेटिका हुन् । पछिल्लो हप्तामा देखिएका नयाँ संक्रमितमध्ये शनिबारबार भेटिएका सबैभन्दा धेरै हुन् ।
नयाँ भेटिएकासँगै स्वास्थ्य अधिकारीहरूका अनुसार चीनमा कोरोना भाइरस संक्रमितको संख्या ८२ हजार ५२ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म भेटिएका कूल एक हजार ८० जना कोरोना संक्रमित बाहिरबाट आएका व्यक्ति थिए ।
यीमध्ये ४ सय ८१ जना ठीक भएर घर फर्किएका छन् । ७ सय ९९ जनाको उपचार चलिरहेको छ । यीमध्ये ३६ जनाको अवस्था गम्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीले बताएको बीबीसीले जनाएको छ ।
शनिबार भटिएका ९९ जनामध्ये ९७ जना बाहिरबाट आएका मानिसहरू हुन् । चीनको वुहानमा कोरोना संक्रमणका घटना कमी भएपछि लकडाउन खोलिएको छ । यद्यपि, विस्तारै यहाँ कोरोना भाइरसका नयाँ घटना थपिँदै गएपछि चिनियाँ अधिकारीहरू चिन्तित बनेका छन् ।