ड्युटीमा खटिएका प्रहरीमाथि व्यापारीले गरे दुर्व्यवहार

 न्यूज विराट
ड्युटीमा खटिएका प्रहरीमाथि व्यापारीले गरे दुर्व्यवहार

जनकपुरधाम,३० चैत-जनकपुरधामको महावीर चोकमा प्रहरी र व्यापारीबीच विवाद भएको छ । व्यापारीले प्रहरीमाथि दुर्व्यवहार गर्नुका साथै १ जना असइको मोबाइल समेत फोडिदिएका छन् ।

आइतबार बिहान लकडाउनको पालना नगरी महावीर चोकमा मोटरसाइकलमा मास्क नै नलगाई जाँदै गरेका जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहलाई रोकेर मास्कबिना नहिँड्न आग्रह गर्दा आफूमाथि दुव्र्यवहार गरेको असई विद्यापति ठाकुरको आरोप छ ।

‘मास्क नलगाएर गइरहेको देखेपछि मैले साहलाई रोकेर सर मास्क किन लगाउनुभएको छैन् ? यस्तो महामारीको अवस्थामा मास्क लगाउनु नितान्त आवश्यक छ नि ! भनेर आग्रह गर्दा उहाँले मास्क घरमै बिर्सेर आएँ । त के गर्ने भन्दै गैरजिम्मेवारपूर्ण जवाफ फर्काउनुभयो’, असाई ठाकुरले भने’ त्यसपछि मैले उहाँलाई गाडीको बिलबुक र सवारी चालक अनुमतिपत्र देखाउन अग्रह गरे । तर, साहले कागजपत्र नदेखाई उल्टै स्थनीय दर्जनौँ व्यपारीलाई बोलाएर मलाई तथानाम गालीगलौज गर्दै धक्कामुकी समेत गर्न थाले ।’ धक्कामुकीको क्रममा आफ्नो मोबाइलसमेत साहले फोडेको असइ ठाकुरले बताए ।

सम्बन्धित समाचार

सत्ता गठबन्धनको निर्णय : जेठभित्रै स्थानीय चुनाव

सत्ता गठबन्धनले जेठ महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको  छ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्‍ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । बालुवाटारमा शनिबार बसेको बैठकले संविधानअनुसार कानुन संशोधन गरेर...

कांग्रेस प्रदेश सांसद पराजुलीको दण्ड प्रणाम यात्रा

विराटनगर । कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम यात्रा हो । बौद्धिक सनातनी धर्म चाहिने बताउँदै उनले भने,‘हिजोको...

काठमाडौँ विश्वविधालय र एस्पायर कलेज बीच शैक्षिक तालिम संचालन गर्ने सम्झौता

विराटनगर । नेपालका दुई प्रतिष्ठित शैक्षिक संस्थाको सम्झौता भएको छ । काठमाडौं विश्वबिद्यालय स्कुल अफ एजुकेशन र विराटनगर १४ मा रहेको एस्पायर कलेजबीच शैक्षिक तालिम संचालन गर्ने सम्झौता भएको हो । निरन्तर व्यावसायिक शैक्षिक केन्द्र...

प्रदेश १ का मुख्यमन्त्रीसहित आठ सांसद प्रचण्ड–नेपाल समूहद्वारा निलम्बित

विराटनगर, २८ पुस-नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा...

सुनसरीमा ६१ सैनिक जवानमा कोरोना पुष्टि

सुनसरी, २१ भदौ–सुनसरीमा गएको २४ घण्टामा ६१ जना सैनिकसहति ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धरानमा मात्र २ वर्षीया बालिकासहित ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।...

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना 

एजेन्सी, साउन १२-अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा २ सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त...

विराटनगरको सरगम गीत गजलमा प्रहरीको छापा, एक दर्जन जुवाडे पक्राउ

विराटनगर, २४ साउन । विराटनगरको रोडशेष चोकस्थित एक गीत गजलमा प्रहरीले छापा मारेर एक दर्जन जुवाडेलाई पक्राउ गरेको छ । विराटनगर– १२ रोडशेष चौकदेखि थोरै दक्षिणमा रहेको सरगम गीत गजलमा प्रहरीले छापा मारेर १२ जना...

लकडाउनले पर्यटन र हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरकाे क्षति

काठमाडौं, १९ असार-लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्