वीरगञ्जमा दिल्लीबाट आएका ३ धर्मगुरुमा काेराेनाको आशंका, स्वाब काठमाडौं पठाइयो

 न्यूज विराट
वीरगञ्जमा दिल्लीबाट आएका ३ धर्मगुरुमा काेराेनाको आशंका, स्वाब काठमाडौं पठाइयो

जनकपुरधाम, २९ चैत -पर्साको वीरगन्जमा बस्दै आएका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरूको  स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा हेटौँडामा परीक्षण गरिएका तिनीहरूको रिपोर्ट शंकास्पद देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको हो ।  नयाँदल्ली र उत्तरप्रदेशका उनीहरू धर्म प्रचारको क्रममा नेपाल आएका थिए ।

हेटौँडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ३ जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निर्क्योल गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो ।

पर्साबाट पठाइएको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण नेगेटिभ नै हो भनेर किटान गर्न नसकिएको र पोजेटिभ हो भनी निष्कर्षमा पुग्न पनि नसकिएपछि थप परीक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रले जनाएको छ ।

हेटौँडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब ल्याएर परीक्षण भइरहेका छन् । संघीय सरकारको सहयोगमा हेटौँडामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन सञ्चालनमा ल्याइएको थियो ।

सम्बन्धित समाचार

उपचार नगरी बिरामी फर्काउने स्वास्थ्य संस्थाको इजाजत खारेज गर्न निर्देशन

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण निजी स्वास्थ्य संस्थाले बिरामीलाई परीक्षण नगरी फर्काउने गरेपछि प्रदेश २ सरकारले इजाजत रद्द गर्ने निर्देशन दिएको छ ।बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न...

२५०८ संक्रमित थपिए, २२६४ जना डिस्चार्ज

काठमाडौं, १५ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभर ९ हजार २ सय ७९...

मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए:मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...

ठगी मुद्दामा एक वर्ष तीन महिना कैद र ४० हजार जरिवना गरेको फरार अभियुक्त पक्राउ

विराटनगर । ठगी मुद्दाका फरार प्रतिवादी रंगेली नपा ६ वस्ने वर्ष ३९ का रंजित कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीले एक वर्ष तीन महिना कैद सजाय र ४० हजार रुपैयाँ...

नागरिकता र मतदाताको आधारमा मात्र नभई भोकै रहेका सवैलाई राहत वितरण गरिनुपर्छ : सांसद मण्डल

विराटनगर, बैशाख २–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले नागरिकता र मतदाता नामावलीका आधारमा मात्र राहत वितरण गर्न नहुने बताएका छन् । उनले नागरिकता र मतदाताका आधरमा भन्दा पनि आर्थिक अवस्थाकै...

वर्ष २०२१–२२ को उत्कृष्ट क्लब बन्यो रोटरी क्लब अफ विराटनगर डाउन टाउन, थुप्रै अवार्डबाट सम्मानित

विराटनगर, १४ असार ।निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउन वर्ष २०२१–२२ को उत्कृष्ट क्लब भएको छ । कोरोना माहामारीमा पनि निरन्तर सामाजिक कार्य गरेको क्लब वर्षको उत्कृष्ट क्लबबाट सम्मानित...

कोशी प्रदेशमा ८ हजार मुद्दा दर्ता, ५२ करोड बढी राजश्व संकलन

विराटनगर । कोशी प्रदेशको १४ जिल्लामा प्रहरी कार्यालयमा ८ हजार बढी मुद्दा दर्ता भएका छ । कोशी प्रदेशमा ८ हजार ७१९ मुद्दा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आर्थिक वर्षमा दर्ता...

मोरङको ग्रामथानमा दुर्घटना, तीन जना घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ पिडारमुनीमा सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । आज दिउँसो दुर्घटनामा परी कारमा सवार तीन जना घाइते भएका हुन् । ग्रामथान २ मा को १ त ६६६६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्