एजेन्सी, चैत २९-भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या साढे ७ हजार नाघेको छ । शुक्रबार एकैदिन ८७५ थपिएसँगै भारतमा संक्रमितको संख्या साढे ७ हजार नाघेको हो ।
वर्ल्डमीटर इन्फोका अनुसार भारतमा शुक्रबार एकैदिन थपिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो । यसअघि त्यहाँ एकदिनमा सबैभन्दा बढी संक्रमितको ८०९ जना थियो ।
यस्तै, शुक्रबार मात्रै भारतमा २२ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४९ जना पुगेको छ । भारतमा साढे ६ हजार कोरोना संक्रमितको उपचार जारी रहँदा ७७४ व्यक्ति भने निको भएपछि घर फर्किसकेका छन् ।
शनिबार बिहानसम्म विश्वका २१० मा फैलिएको कोरोनाबाट झण्डै १७ लाख संक्रमित भइसकेका छ । जसमध्ये १ लाख २ हजारको मृत्यु हुँदा ३ लाख ७६ हजार संक्रमित उपचारपछि निको भएका छन् ।