लकडाउनको पालना र समाजिक दूरी कायम गर्न सभापति देउवाको अपिल

 न्यूज विराट
लकडाउनको पालना र समाजिक दूरी कायम गर्न सभापति देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दूरी कायम गर्न अपिल गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशको पालना गर्न र समाजिक दूरी कायम गर्न सम्पूर्ण नेपालीलाई अपिल गरेका हुन् ।

देउवाले सीमा पारी अलपत्र परेका नागरिकलाई उद्धार गरी क्वारेन्टाइनमा राख्नसमेत सरकारलाई आग्रह गरे । सरकारलाई पारदर्शी रूपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरेर अगाडि बढनसमेत सरकारलाई अनुरोध गरे । सरकारले आशंका लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गरेका छन् । यस्तै नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं कार्यकर्तालाई उच्च सतर्कताका साथ प्रचार प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन समेत आग्रह गरे । राजनीतिक दल सुवेच्छुक संस्थालाई देहमा भित्रिएको संकटमा एकजुट भएर लाग्न समेत आग्रह गरे ।

सम्बन्धित समाचार

उदयपुरमा थप तीन जना कोरोना संक्रमित, उदयपुरमा मात्र २७ जना

विराटनगर, बैशाख १०–उदयपुरको भुल्केमा थप तीन जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । यसअघि संकलित स्वाब परीक्षणको क्रममा बुधबार उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केका २४ वर्ष, ६० वर्ष र ७२ वर्षका पुरुष संक्रमित पहिचान भएको...

बेलबारीमा एक मजदुर मृत फेला

विराटनगर, १० असोज । मोरङको बेलबारीमा एक जना मजदुर मृत फेला परेका छन् । बेलबारी नगरपालिका वडा नं ९ जनता माविको भवन निर्माण गर्न भारतबाट ल्याइएका एक मजदुर ओछ्यानमै मृत भेटिएका हुन् । मोरङका प्रहरी...

महानगरका वडा तहका सबै सिफारिसहरू अनलाइनबाटै

विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ ।महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका...

राप्रपा एकताः तीन अध्यक्ष, तीन लक्ष्य

काठमाडौं, फागुन २८–पूर्वपञ्च वाहुल्यको दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच बुधबार पार्टी एकता घोषणा भयो । १५ जेठ २०४७ सालमा निर्दलीय पञ्चायती व्यवस्थामा वारम्वार प्रधानमन्त्री भएका सुर्यवहादुर थापा र लोकेन्द्र बहादुर...

कोभिड प्रोटोकल पूरा नभए त्रिवि परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा भौतिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा...

सौन्दर्यकर्मी युनियन विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ

विराटनगर । रााष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ्ग निर्विरोध निर्वाचित भएकी छिन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरको चौथो अधिवेशनले सुब्बालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । मंगलबार सम्पन्न भएको...

विराटनगरमा अन्तर स्कुल क्रिकेट प्रतियोगिता शुरु, सत्यनारायण र सरस्वती स्कुल विजयी

विराटनगर । विराटनगरमा अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता सुुरु भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा विराटनगर–६ केशलिया पुल नजिक रहेको एमविजे क्रिकेट मैदानमा बिहिबारदेखि अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता शुरु भएको...

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जना पक्राउ

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्