एजेन्सी, चैत २४-मुम्बईको एक अस्पतालमा कोरोना उपचारमा संलग्न भएका २६ जना नर्स र तीन जना डाक्टर समेत कोरोना भाइरस संक्रमित भएका छन् । पीटीआईका अनुसार सोमबाट मात्रै १ सय २० जना नयाँ संक्रमित भेर्टिपछि मुम्बईमा मात्रै ८ सय ६८ जना संक्रमित भेटिइसकेका छन् ।
सो राज्यमा कोरोना संक्रमणका कारण ४५ जनाको मृत्यु भइसकेको छ । राज्य सरकारले महाराष्टराज्य सरकारले महाराष्ट्रका मन्त्रालयमा आउने सबै कर्मचारी, अधिकारीहरु र आगन्तुकलाई मास्क लगाउन अनिवार्य गरेको छ । मुम्बईको भोकहार्ट अस्पतालमा डाक्टर र नर्समा नै कोरोना भाइरस संक्रमण पाइएपछि सो क्षेत्रमा अन्यलाई आउन प्रतिबन्ध लगाइएको छ ।
अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरेर कसैलाई त्यहाँबाट बाहिर आउन र भित्र जान रोक लगाइएको हो । सो अस्पतालका सबै कर्मचारीको कोरोना परीक्षण गरिएको छ । रिपोर्ट भने धेरै जनाको आउन बाँकी छ । कोरोना संक्रमित भेटिएका डाक्टर र नर्सहरुलाई उपचारका लागि अंधेरीस्थित एक अस्पतालमा पठाइएको छ ।
अस्पतालमा उपचारका लागि आएका एक संक्रमितबाट नर्समा र नर्सबाट अन्य नर्स तथा डाक्टरहरुमा कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।