कोरोना रोकथाममा सरकाले गरेको प्रयास र अबको कदमका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले मंगलबार देशवासीका नाममा नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत सम्बोधन गर्ने तयारी गरेका छन् । यसअघि प्रधानमन्त्रीले ८ चैतमा देशवासीका नाममा सम्बोधन गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार देशवासीका नाममा सम्बोधन गरेकी थिइन् । प्रधानमन्त्रीले मंगलबार गर्ने केही आर्थिक प्याकेजका कार्यक्रमकाे घोषणा गर्ने तयारी गरिएको बताइएको छ । त्यस्तै, भारतमा समेत ३० प्रतिशत सेवा सुविधा कटौती गरिएको सन्दर्भमा मितव्ययिताका लागि केही कार्यक्रम अघि बढाइने बताइएको छ ।