प्रदेश १ मा प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम

 न्यूज विराट
प्रदेश १ मा प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम

विराटनगर, चैत २२–प्रदेश नं. १ मा प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात ‘भर्चुअल कक्षा’ शुरु गरिएको छ । विश्व महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले देशव्यापी लकडाउन गरेपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम शुरु गरेको छ ।

विद्यालय शिक्षा गुणस्तर सुधार अभियान अन्र्तगत चैत १७ गतेदेखि शुरु कार्यक्रममा प्रदेश नं. १ का १४ जिल्लाका १ सय विद्यालयका शिक्षक सहभागी भएका छन् । प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा शुरु ‘भर्चुअल कक्षा’ हरेक दिन २ घण्टा चल्ने गरेको छ ।

मन्त्रालयले इ–लर्निङ तालिमको योजना बनाईरहेको समयमा देशव्यापी लक डाउन भएपछि ‘भर्चुअल कक्षा’ शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । ३ हजार शिक्षकलाई तालिम दिने तयारी भएपनि लकडाउनका कारण नसकीउको मन्त्री घिमिरेले बताए । उनका अनुसार भर्चुअल कक्षामा प्रविधिमा आधारित फोक शिक्षकलाई केन्द्रित गरिएको छ । मन्त्रालयले अहिले अनलाईन शिक्षाको प्रणाली विकास गरेर काम गरिरहेको मन्त्री घिमिरले बताए । ‘भर्चुअल कक्षा’ लकडाउन जारी रहे सम्म हुने उनले बताए ।

उनले भने,‘ लकडाउन पछि पनि यसखाले शिक्षण विधिबारे हामीले सोचिरहेका छौं ।’ ‘भर्चुअल कक्षा’ ले प्रदेश १ भरिका शिक्षकलाई लकडाउनका समयमा सहयोग पुगेको मन्त्री घिमिरेको भनाई छ । दैनिक कक्षा सम्पन्न भएपछि सूचना प्रविधि विज्ञले सुझाव दिने गरेका छन् । काठमाण्डौंमा रहेका प्रविधि विज्ञ डा. दोभान राई र मनोज घिमिरेले सुझाव दिने गरेका छन् ।

सम्बन्धित समाचार

मोरङको ग्रामथानमा सौन्दर्यकर्मी संगठित, अध्यक्षमा सुजता

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन मोरङको ग्रामथान गाउँपालिकामा गठन भएको छ । जिफन्टको तीन महिने अभियान अन्र्तगत ग्रामथानमा सौन्दर्यकर्मी यूनियन गठन भएको हो । राष्ट्रिय सौन्दर्यकर्मी युनियन ग्रामथानको अध्यक्षको सुजता भट्टराई रहेकी छिन् । समितिको...

कसरी गर्ने परीक्षाको तयारी ?, भेषराज पोखरेलको (१८ टिप्स्)

विराटनगर । कक्षा १२ को वार्षिक परीक्षा यही आउँदो वैशाख २६ गतेबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८० वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका यसअघि सार्वजनिक गरिसकेको छ ।...

आयल निगमले सुरु गर्यो अनलाइन सेवा

काठमाडौं, साउन ६ । नेपाल आयल निगमले अनलाइन प्रणालीबाट सेवा सुरु गरेको छ । निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गरेर आफ्ना सेवा अनलाइनबाट दिन सुरु गरेको हो । करिब तीन महिनाको परीक्षणपछि सोमबारदेखि पूर्ण...

‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं, ४ पुस । ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार...

सेनाको जहाजमार्फत् जिल्लाजिल्लामा सामान पठाइँदै

नेपाली सेनाको जहाजले मंगलबार विभिन्न ठाउँमा अत्यावश्यक सामग्रीहरूको ढुवानी गरिँदै छ । सेनाले सोमबार पनि केही स्थानमा ढुवानी गरेकामा आज पनि निरन्तरता दिइएको हो । देशका विभिन्न अस्पतालहरूमा औषधि तथा स्वास्थ्य सामग्री ढुवानीका लागि सेनाले...

खागले टोकेर ६ जना घाइते

गोरखा, ११ वैशाख-गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर ६ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम...

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए । महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने...

भारतमा साढे ३ लाख संक्रमित थपिए

काठमाडौं, ७ माघ । भारतमा पछिल्लाे २४ घण्टामा झण्डै साढे ३ लाख काेराेना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले २४ घण्टाकाे अवधिमा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएकाे शुक्रबार जानकारी दिएकाे हाे ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्