प्रदेश २ मा ५० वटा भेन्टिलेटर र २ वटा पीसीआर थप्न निर्देशन

 न्यूज विराट
प्रदेश २ मा ५० वटा भेन्टिलेटर र २ वटा पीसीआर थप्न निर्देशन

कोरोना महामारी नियन्त्रणका लागि गठित निर्देशक समितिले प्रदेश २ भरिमा ५० वटा भेन्टिलेटर र २ वटा कोरोनाको परीक्षण गर्ने मेसिन पिसिआर थप्न निर्देशन दिएको छ । मुख्यमन्त्री लालबाबु राउत संयोजकत्वको निर्देशक समितिले आज सो निर्देशन सम्बन्धित मन्त्रालय र कार्यकारी समितिलाई दिएको छ ।

निर्देशक समितिले दिएको निर्देशनअनुसार प्रादेशिक अस्पताल जनकपुरमा १०, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा १० र अन्य जिल्ला अस्पतालहरुमा ५/५ भेन्टिलेटर थप गरिने छ भने विरगंज र राजविराजमा पिसिआर मेसिन जडान गरिने छ ।

भेन्टिलेटर र पिसिआर खरिद प्रक्रिया तत्काल शुरु गर्नसमेत निर्देशन दिइएको छ । निर्देशन समितिको आज सम्पन्न बैठकमा विभिन्न मन्त्रालयका सचिवहरुले कोरोना महामारी नियन्त्रण तथा लकडाउनको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रदेश सरकारको कामको निकै आलोचना भइरहेको वेला आजभोलि मुख्यमन्त्री राउत दैनिक कुनै न कुनै घोषणा गरिरहेका छन् तर, धरातलीय अवस्थामा कुनै सुधार नभइरहेको स्थानीयवासीहरु आरोप लगाइरहेका छन ।

सम्बन्धित समाचार

सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास

विराटनगर, माघ १६–विराटनगर महानगरपालिका–८ बलुवाईमा सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास भएको छ । साविक वडा नम्बर ११ मा विराटनगर महानगरपालिकाले फाउन्डेसनलाई जग्गा उपलब्ध गराएपछि कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले विहीबार एक कार्यक्रमबीच भवन शिलान्यास गरेका...

कोरोना संक्रमित भेटिएपछि रणनीति परिवर्तन गर्दै सरकार

नेपालमा पनि विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएपछि सरकारले रोकथाम तथा नियन्त्रणको रणनीति बदलेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले रणनीति परिवर्तन गर्दै सर्विलियन्सको दायरा बढाउन लागेको हो...

प्रदेश १ सरकारले उद्योगका प्रकृति हेरेर जनशक्ति उत्पादन गर्ने

विराटनगर, साउन ९–प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरुका लागि आवस्यक जनशक्ति तयार गर्ने तयारी...

एमाले नेताको हैसियतमा बादल फेरि गृहमन्त्री बन्दै, साँझ ५ बजे शपथ

नेकपा एमालेको नेताको हैसियतमा रामबहादुर थापा बादल पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई एमालेको नेताको हैसियतमा पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । नेकपा माओवादी केन्द्रले थापालाई राष्ट्रियसभा सदस्यबाट...

कोरोनाका कारण ६ सय पत्रकारको मृत्यु

एजेन्सी, २३ पुस-कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ ।  सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो...

विराटनगरमा अस्ताउँदो सूर्यलाई यसरी दिइयो अर्घ (फोटो फिचर)

विराटनगर । तराईका जिल्लामा हर्षोउल्लासका साथ मनाइने छठ पूजाको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएको छ । छठघाटमा पुगेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्य भगवान्लाई अर्घ दिएका हुन् । साँझ विराटनगरको सिंघिया,...

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं, १ साउन-सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रूपमा मनाइँदै छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १...

इटहरीको अम्बे सहकारीमा ४० करोड घोटला, अध्यक्ष फणीन्द्र मगर सहित पाँच जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले निक्षेप गरेको करिब ४० करोड घोटला भएको पाइएको छ । बचत कर्ताहरुले निक्षेप गरेको रकम घोटला भएपछि अम्बे कोसी बचत तथा ऋण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्