टेकु अस्पतालमा उपचार गराइरहेका दुइजनाको पुन कोरोना भाइरस संक्रमणका रिपोर्ट पोजेटिभ देखिएको छ ।दोस्रो पटकको परीक्षणमा पनि पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।
तर पोजेटिभ नै देखिएपछि पुन अस्पताल बसाइ लम्बिने भएको हो ।४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकको चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।