काठमाडौं, १९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच चीनबाट स्वास्थ्य उपकरण खरिदका क्रममा देखिएको विवादबारे छलफल भएको हो ।
महंगोमा खरिद भएर भ्रष्टाचार भएको भन्दै सरकारको चर्को आलोचना भएपछि प्रचण्डले नेकपाकै अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चासो राखेका थिए । प्रधानमन्त्री ओलीले भने केही महंगो परेको हुनसक्ने तर भ्रष्टाचार नभएको बताएको स्रोतको भनाई छ ।
यस्तै गाउँका गरिब, किसानहरुलाई पनि सम्बोधन गर्ने गरी राहत प्याकेज ल्याउनुपर्ने र धार्चुलालगायत भारतका विभिन्न स्थानमा अलपत्र परेका नेपालीहरुको उद्दारबारे छलफल भएको छ । नेपाली नागरिकहरुलाई उद्दार गरेर नेपाली भूमिमा क्वारेन्टाइन बनाएर राख्नुपर्ने अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।