संखुवासभाबाट ५ विदेशी पर्यटकको उद्धार

 न्यूज विराट
संखुवासभाबाट ५ विदेशी पर्यटकको उद्धार

संखुवासभाको सभापोखरी गाउँपालिकाबाट पाँच विदेशी पर्यटकको उद्दार गरिएको छ । सभापोखरी–२ बाह्रेविसे मकालु हिमाल ट्रेकिङका लागि आएका ५ विदेशी पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

अस्ट्रेलियाका २, क्यानडा २ र फ्रान्सका १ नागरिकलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए ।

कोरोना भाइसरको संक्रमणबाट बच्न सरकारले लक डाउन गरेको पछि विभिन्न देशका ५ पर्यटक सभापोखरी गाउँपालिकामै रोकिएका थिए ।

उनीहरुको नाम र कहिले संखुवासभा आएका थिए भन्ने खुल्न नसकेको प्रहरी निरीक्षक राईले बताए । लक डाउनले यातायात साधन नचलेपछि उनीहरुले काठमाडाबाट हेलिकप्टर मगाएका थिए ।

सम्बन्धित समाचार

सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना

धनगढी, ७ असार-सुदूरपश्चिम प्रदेशमा आज थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

एजेन्सी, चैत २०-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकर तथा रोकथामका लागि लागू गरिएको लडकाडउन उल्लंघन भए फिलिपिन्समा गोली हान्ने आदेश दिइएको छ ।  फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्न आदेश दिएका हुन् । बुधबार राति देशवासीका नाममा सम्बोधन गर्दै उनले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न सेना र प्रहरीले आदेश दिएका हुन् । ‘प्रहरी र सेनालाई मेरो आदेश छ, यदि त्यहाँ समस्या छ र कुनै मान्छे झगडा गर्न आए तपाईंहरूको ज्यानलाई खतरा हुन्छ भने, उनीहरूलाई मर्ने गरी गोली हान्नू’ बुधबार देशबासीका नाममा गरिएको सम्बोधनमा उनले भने, ‘म उनीहरूलाई गाड्न तयार छु।’ बुधबार मनिलाको एक बस्तीमा खाना नपाएर आन्दोलन गरिरका बासिन्दाहरूलाई सुरक्षाकर्मीले पक्राउ गरेपछि राष्ट्रपितको यस्तो वक्तव्य आएको हो । उनीहरूको आन्दोलनले लकडाउनमा समस्या आएको भन्दै राष्ट्रपतिले गोली हान्न आदेश दिएका हुन् ।फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण ९६ जनाको मृत्यु भइसकेको छ भने २३११ जनामा संक्रमण पुष्टि भएको छ ।

एजेन्सी, चैत २०-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण न्यूनीकर तथा रोकथामका लागि लागू गरिएको लडकाडउन उल्लंघन भए फिलिपिन्समा गोली हान्ने आदेश दिइएको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्न आदेश...

विराटनगर महानगरको पहलमा म्याक्स हस्पिटलमा ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा

विराटनगर, ४ कात्तिक–विराटनगरस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगर–१५ महेन्द्र चौकमा आजदेखि ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर माहानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रवन्धक निर्देशक हेमनारायण मेहता वीच आज एक...

आजदेखि आपूर्ति व्यवस्थापनका लागि नयाँ पासको व्यवस्था

काठमाडौं, ४ जेठ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि आपूर्ति व्यवस्थापनका लागि सवारी पासकाे व्यवस्था गर्ने भएकाे छ । यसअघि दिइएको सबै पास रद्द भएपछि शनिबार आपूर्ति व्यवस्थापन सवारी पास जारी गर्ने मापदण्ड बनाएर विभागमा...

मोरङको धनपालथानस्थित उखुबारीमा शव फेला प्रकारणःहत्या आरोपमा तीन जना पक्राउ

विराटनगर, २१ माघ । तीन जनाको बीभत्स हत्याका आरोपीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । मोरङ प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सिरहा नगरपालिका– २१ का ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४...

विराटनगरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीलाई सहज र सर्वसुलभ रुपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला...

संकटको बेला उदयपुरका राजनीतिक दल एक ठाँउमा

उदयपुर, बैशाख १०-विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्ध अहिले विश्वनै लडि रहेको छ । यो महामारीले नेपाललाई पनि छोएको छ । कोरोनाबाट नेपालको सबै भन्दा प्रभावित जिल्ला उदयपुर भाको छ । उदयपुरमा संक्रमितको संख्या...

हिसान स्पोर्ट्स मिट : दौडमा अर्किड र मेरिल्याण्डलाई सफलता

विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण अन्तरगत भएको दौड प्रतियोगितामा अर्किड कलेज र मेरिल्याण्ड कलेजले जितेको छ ।मंगलबार भएको दौडमा अर्किड कलेजले १ सय मिटर छात्र, १ मिटर छात्रा र २ सय मिटर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्