विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण निजी स्वास्थ्य संस्थाले बिरामीलाई परीक्षण नगरी फर्काउने गरेपछि प्रदेश २ सरकारले इजाजत रद्द गर्ने निर्देशन दिएको छ ।बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।
कोरोना संक्रमणको आशंकामा सामान्य रुघाखोकी लागेकालाई समेत उपचार नगरी फर्काइन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले यस्तो निर्देशन दिएका हुन् ।
उनले आठै जिल्लाका सुरक्षा र प्रशासनका अधिकारीलाई जनकपुरमा बोलाएर लकडाउनको एक साताको समीक्षा गर्दा निजी स्वास्थ्य संस्थाले उपचारमा लापरबाही गरेको गुनासो आएपछि तिनलाई कारबाही गर्न त्यस्ता अस्पताल र चिकित्सकको सूची तयार गरी प्रदेश सरकारमा पठाउन निर्देशन दिएका छन् ।