एम्बुलेन्सको ठक्करबाट महिला स्वास्थ्यकर्मीको मृत्यु

 न्यूज विराट
एम्बुलेन्सको ठक्करबाट महिला स्वास्थ्यकर्मीको मृत्यु

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ । इनरुवामा को१च ९६०५ नंको एम्बुलेन्सले ठक्कर दिँदा ३५ वर्षीया स्वास्थ्यकर्मी रत्ना श्रेष्ठको मृत्यु भएको हो ।

को१६प २०६४ नम्बरको स्कुटरमा रहेकी श्रेष्ठलाई विपरीत दिशाबाट आएको एम्बुलेन्सले ठक्कर दिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

बुधबार बिहान पूर्व-पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेकी उनलाई एम्बुलेन्सको ठक्कर दिएपछि उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लाने क्रममा उनको मृत्यु भएको हो ।

एम्बुलेन्स चालक सुन्दरहरैचा ४ बस्ने बर्ष ४० का चन्द्रबहादुर राईलाइ इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

कानूनि सचेतना जगाएर सबैलाई न्यायको पहुँचमा ल्याउन माग

विराटनगर । कानूनि साक्षरता र सचेतना अभावका कारण विभिन्न घटनाका पिडित र हिंसामा परेकाहरुले न्याय पाउनबाट बञ्चित हुन परेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । उच्च सरकारी वकिल कार्यालय विराटनगरले यहि असार २५ गते मोरङको...

अल्पमतको सत्तापक्ष, बहुमतको प्रतिपक्ष

काठमाडौं, साउन २ । सर्वाेच्च अदालतले संबिधान नै अपत्यक्ष रुपमा संशोधन गरी परमादेश धारा थप गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि राष्ट्रिय सभामा सत्तापक्ष अल्पमतमा परेको छ । प्रतिनिधिसभामा समेत अर्काे दलको सांसदलाई आधार बनाएर अल्पमतमा...

सनसिटीमा बस्ने सबै व्यक्तिको परीक्षण गरिंँदै, संक्रमितसँग संलग्नहरूको ट्रेसिङ सुरु

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना भएको पुष्टिभएसँगै सतर्कता बढाइएको छ । बेलायतबाट आएका एकै परिवाका ३ जनामा कोरोनाको आशंका गरिएकामा २ जनामा पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सनसिटी अपार्टमेन्टमा बस्ने...

हतियारसहित २ जना पक्राउ

जनकपुर, ४ जेठ-धनुषाबाट हतियारसहित २ युवक पक्राउ परेका छन् । उनीहरू जिल्लाको शहिदनगर नगरपालिका-३ झण्डा चौकबाट पक्राउ परको हुन् ।पक्राउ पर्नेमा कमला नगरपालिका ८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २०...

देउवाको बहुमत नपुग्दा प्रचण्ड माधवलाई तनाव

काठमाडौं, मंसिर २८ । नेपाल कांग्रेसको सभापतिकालागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत जुटाउन नसकेपछि सत्ता गठबन्धनमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तनावमा पर्नुभएको पाइएको छ...

सबै जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौं, २८ साउन-गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास...

इम्बोस्ड नम्बर प्लेड जडान नगरे साउनदेखि जरिवाना

काठमाडौं, २० जेठ । सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गर्दै बागमती र गण्डकी प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनाएको हो । बागमती प्रदेशअन्तर्गत यातायात...

४४ जना सहसचिव तथा उपसचिवहरुको सरुवा

काठमाडौं, १९ जेठ-गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार सुर्खेतका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्