विराटनगर ‘लक डाउन’ हुने भएपछी गुद्री बजारमा तरकारी किन्नेको भीड

 न्यूज विराट
विराटनगर ‘लक डाउन’ हुने भएपछी गुद्री बजारमा तरकारी किन्नेको भीड

विराटनगर, चैत १०–विराटनगर महानगरपालिकाले भोलिदेखि लकडाउनको घोषणा गरेपछि गुद्री बजारमा तरकारी किन्नेको भीड लागेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले भोलिदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेको छ ।

साँझपख मात्रै गुद्रीमा तरकारी किन्नेको भीड हुने भए पनि आज दिउँसै देखि उपभोक्ताको भीड लागेको थियो । कोरोनाको सन्त्रासको फाइदा छोपी तरकारीमा समेत कालोबजारी भएको उपभोक्ताको गुनासो छ ।

भारतसँग सीमा जोडिएको नाका बन्द र गाउँबाट समेत तरकारी आउन छाडेपछि मूल्य आकाशिएको व्यापारी आशा साहले बताइन् । बाहिरबाट तरकारी नआउँदा व्यापारसमेत ह्वात्तै घटेको अर्का व्यापारी इन्दु पासवानले बताइन् ।

गुद्रीमा बिक्री हुने ९० प्रतिशत तरकारी भारतबाट आयात हुने गरेको सब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले बताए । उनले तरकारीसहित अत्यावश्यक वस्तुको आयातलाई सहज बनाउन आग्रहसमेत गरे ।

सम्बन्धित समाचार

औषधिको दुरुपयोग ‘भयावह’, कोशी प्रदेशमा १६ महिनामा ६३ वटा मुद्दा दायर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकमा रहेको एरिका मेडिकल हलका सञ्चालक मनोज खत्री औषधिको दुरुपयोग गरेको आरोपमा केही महिनाअगाडि पक्राउ परे । औषधि व्यवस्था विभाग (डिडिए) विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुगमनको क्रममा...

अफगानिस्तानमा आफ्नाे शासन स्वीकार गर्न तालिबानकाे आग्रह

काठमाण्डाै, ५ भदौ । तालिबानले आफू विरुद्ध बढ्दै गएको विरोधका बाबजुत अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपिल गरेको छ । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी  प्रवक्ता सुहैल शहिनले अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन...

प्रदेश १ मा आज ५७८ जना संक्रमित थपिए

विराटनगर, २५ वैशाख । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश...

सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित

जनकपुरधाम, २४ जेठ-सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले...

प्रदेश १ः मुख्यमन्त्री पक्षकाे अवराेधले प्रदेशसभा स्थगित

विराटनगर, २५ माघ । मुख्यमन्त्री शेरधन राई पक्षकाे अवराेधका कारण प्रदेश १ काे प्रदेशसभा बैठक दुई मिनेट बसेर स्थगित भएकाे छ । सत्तापक्षले नै नियमापत्ती जनाएर बैठक चल्न नदिएपछि सभामुख प्रदीपकुमार भण्डारीले ९ फागुनसम्मका लागि बैठक स्थगित गरेका हुन् । सभामुख...

समता स्कुलको काव्य कार्यक्रम लाहानमा सकियो

विराटनगर । समता स्कुल इष्टर्न कन्सोर्टिजम अध्याय ४ सिरहाको लाहानमा सम्पन्न भएको छ । समता स्कुलले इलाम, झापा, इटहरी र लाहानको समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा काव्य क्षमताको विकास गराउने उद्देश्यले समता स्कुलले उक्त कार्यक्रमको आयोजना...

भारतमा दैनिक कोरोना संक्रमितको संख्या तीन लाखबाट घट्यो

एजेन्सी, ३ जेठ । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा...

प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथालाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्