२८ र २९ चैतलाई तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा जेठ पहिलो सातासम्मका लागि स्थगन गरिएको छ । बिहीबार महासंघ कार्यालय टेकुमा बसेको बैठकले यो निर्णय लिएको अध्यक्ष भवानी राणाले बताइन् । यसअघि महासंघले प्रदेश साधरणसभाहरू स्थगित गरिसकेको छ ।
साधरणसभा नजिकिएको सन्दर्भमा नेतृत्वको आकाङ्क्षी भेटघाटमा व्यस्त देखिएका थिए । तर, सरकारले भेला तथा मेलामा थप कडाइ गरेसँग निर्वाचन सार्ने निर्णय लिइएको हो ।
महासंघको विधानअनुसार आगामी अध्यक्ष स्वत: शेखर गोल्छा हुनेछन् । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था गरेको छ । अहिले वरिष्ठ उपाध्यक्षक लागि चन्द्र ढकाल र किशोर प्रधान आकाङ्क्षी देखिएका छन् ।