आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सञ्जेलले पाए सफाइ

 न्यूज विराट
आत्महत्या दुरुत्साहन मुद्दामा उत्तम सञ्जेलले पाए सफाइ

काठमाडौं, फागुन २२–समता स्कुल र समता अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई अदालतले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।

समता अस्पताल रामेछापको दोरम्बाकी २७ वर्षीया बिमला लामाङले आत्महत्या गरेपछि सञ्जेल दम्पतीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा लगाइएको थियो । तामाङले आत्महत्या गरेपछि उनका आफन्तहरूले समता अस्पतालमा तोडफोड गरेका थिए । सञ्जेल समता स्कुलका सञ्चालक हुन् । समता स्कुलले नेपालभरका ६५ वटा विद्यालयमार्फत मासिक १ सय रुपैयाँ शुल्कमा शिक्षा दिँदै आएको छ भने समता अस्पतालले पनि १ सय रुपैयाँमै स्वास्थ्य सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचार

लेखा परीक्षणमा विश्‍वसनियता आवश्‍यक : अर्थमन्त्री खतिवडा

काठमाडौं, २१ साउन-अर्थमन्त्री डा. युवराज खतिवडाले लेखा परीक्षणमा थप विश्‍वसनीयताको आवश्‍यक रहेको बताएका छन् । अडिटर्स एसोसिएसनको स्थापना दिवसका क्रममा आयजित कार्यक्रममा खतिवडाले लेखा मापदण्ड, रिपोर्टिङ प्रणाली र अन्तिम लेखापरीक्षणको विश्वसनीयतामा सरकारले ध्यान दिइरहेको बताए...

कोशीको शिलप्याक सिलिन्डरमा छैन ग्यास, उद्योगलाई दुई लाख जरिवाना

विराटनगर । शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले...

सभापतिका आकांक्षी डा. शेखर कोइराला प्रदेश १ मै कमजोर, कोइराला परिवारको आधार क्षेत्रमै देउवाले गाडे झण्डा

विराटनगर, २० मंसिर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो । पौडेल समूहबाट उम्मेदवार बनेका गुरुराज घिमिरे २ मतले...

कांग्रेसले संसद्को विशेष अधिवेशन आह्वानका लागि दबाब दिने

काठमाडौं, १४ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेतासमेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न...

विराटनगरको मेरील्याण्ड कलेजलाई ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’

विराटनगर । व्यवस्थापन संकायमात्र पठनपाठन गरी अब्बल शैक्षिक संस्थाको रुपमा देशभरीमै पहिचान बनाएको विराटनगरस्थित मेरील्याण्ड कलेजलाई ‘मस्ट कन्सीस्टेन्ट एकेडेमिक अवार्ड’ प्रदान गरिएको छ । मेरिल्याण्ड कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रविन्दुले उक्त...

इटहरी आइसोलेसनका एक युवकद्वारा स्यानिटाइजर पिएर आत्महत्या

विराटनगर, २ साउन । सुनसरीको इटहरीस्थित आइसोलेसनमा एक युवकले स्यानिटाइजर पिएर आत्महत्या गरेका छन् । इटहरी–१० स्थित उद्योग वाणिज्य संघद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा सहयोगीका रुपमा कार्यरत ३२ वर्षीय प्रकाश भण्डारीले आत्महत्या गरेका हुन् । इटहरी–८...

तेली कल्याण समाज विराटनगरको अध्यक्षमा संजय कुमार साह

विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर महानगरको अध्यक्षमा संजय कुमार साह चयन भएका छन् ।विराटनगरमा भएको प्रथम अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा नन्द गोपाल साह, सचिब जगत लाल साह,...

९० दिन अन्तरिक्षमा बसेर पृथ्वी फर्किए चीनका तीन अन्तरिक्षयात्री

एजेन्सी, २ असोज । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ । उनीहरू ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए । टियाहे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्