विराटनगर, फागुन १६–पूर्वान्चल विश्वविद्यालयको स्नताकोत्तर तहमा भर्ना आवेदनका लागि समय नसकिदै अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि रोकिएको भर्ना आवेदन पुन आहन नगरिएको भन्दै विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ ।
पूर्वान्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी (पुसेट) प्राध्यापक संघले आज एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका आगिंक क्यापस वाहेक अन्य क्यापसमा विश्वविद्यालयका शैक्षिक कार्यक्रम थप हुने प्रक्रिया सुरु गरिएकोमा समेत ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा विद्यापरिषद समेत गठन नभएको अवस्थामा थप सम्बन्धन प्रक्रिया अघि बढाउनु नियम विपरित हुने भन्दै त्यस्ता कार्य तत्काल रोक्न माग गरिएको छ । विश्वविद्यालयका आगिंक क्यापसमा समेत नभएका शैक्षिक कार्यक्रम अन्य क्याम्पसमा दिदा सम्बन्धन प्राप्त क्याम्पसमा कुठाराघात हुने इन्जिनियर हेमन्तकुमार गोइतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।