मछिन्द्र क्लबले जित्यो ए डिभिजन लिगको उपाधि

 न्यूज विराट
मछिन्द्र क्लबले जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौं, फागुन ३–कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाइ १–० गोलले हराउादै मछिन्द्रले पहिलोपटक ए डिभिजन लिगको उपाधि जितेको हो।

दशरथ रंगशालामा भएको खेलमा आर्मीले आत्मघाती गोल खाएसँगै मछिन्द्रले सुरूवाती अग्रता बनाएको थियो। खेलको ३२ औं मिनेटमा आर्मीका खेलाडीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल भएको थियो। उपाधि जित्नको लागि बराबरी भएमात्रै पनि पुग्ने आर्मीले गोल फर्काउन नसक्दा हार बेहोर्याे। जितसँगै मछिन्द्रले १३ खेलबाट १० मा जित, २ बराबर र १ हार सहित ३१ अंकका साथ उपाधि जितेको हो। आर्मीले भने समान खेलबाट २९ अंकको साथ उपविजेतामा चित्त बुझायो।

सम्बन्धित समाचार

३२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २६ वैशाख-प्रहरीले ३२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । लकडाउनका कारण स्वदेश फर्कन नपाएका चिनियाँ नागरिकले आफ्नो देश फर्कन माग गर्दै आन्दोलन गर्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक...

हजरत मोहम्मदको जन्मोत्सव मनाइँदै, सार्वजनिक बिदा दिन माग

काठमाडौं, १४ कात्तिक-नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव आज मनाइँदै छ । ‘मोहम्मद डे’ पनि भनिने आजको दिनमा मुस्लिम समुदायले र्‍याली निकाल्ने, मस्जिदहरूमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक...

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

काठमाडौं, १३ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको...

विराटनगरमा नगेश र सागरको मतान्तर ४९१९

विराटनगर, ५ जेठ । विराटनगर महानगरपालिकाको जारी मतगाणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले सुरुदेखि अहिलेसम्म अग्रता कायम राखेका छन् । उनले लगातार फाराकिलो मतान्तर बढाउँदै लगेका हुन् । भर्खरै सार्बजनिक मतपरिणाम...

कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा...

मोरङको धनपालथानमा आगलागीमा तीन वर्षीया बालिकाको मृत्यु : हराएका बालक भेटिए, १६ घर जलेर नष्ट

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा एक जना बालिकाको जलेर मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा तीन वर्षीय बालिका रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण...

भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन माग

विराटनगर । भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन यहाँका उद्योगी व्यवसायीहरुले सरकारलाई सुझाब दिएका छन् । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा यहाँका...

अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको छ : ओली

काठमाडौं, बैशाख १ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थप्रणाली गलत र अदृष्यतत्वको हातमा पुगेको बताउनु भएको छ । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो निश्कर्ष सुनाउनु भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्