महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

 न्यूज विराट
महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

महोत्तरी, माघ २१–कोरोना भाइरसको संक्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका भारतीय सीमावर्ती नाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, इटहर्वाकट्टी, कट्टी, सिसवाकटैया, बथनाहा, मरुवाही, भिठ्ठामोर र मटिहानीसहितका स्थानमा डेस्क सञ्चालनमा ल्याइएको वरिष्ठ स्वास्थ्य प्रशासक नागेन्द्रप्रसाद चौधरीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय ती स्थानमा डेस्क स्थापना गरेको उनले बताए ।

उपकरणसहित दुई–दुई जना स्वास्थ्यकर्मी खटाइएका छ । नाका हुँदै नेपाल प्रवेश गर्ने सबैको स्वास्थ्य जाँच गरिन थालिएको छ । आवश्यकताअनुसार जनशक्ति थप्ने र अनुगमनको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

सम्बन्धित समाचार

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना

एजेन्सी, २८ भदौ-भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन् । पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनलाई गत २ अगस्टमा...

युवा दिवसमा बुद्धिचाल प्रतियोगिता, बुढानिलकण्ठका आयुषले जिते उपाधि

विराटनगर । विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि विराटनगरस्थित बुढानिलकण्ठ माध्यमिक अंग्रेजी विद्यालयका आयुष शर्माले जितेका छन् । विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सगरमाथा स्कुलमा सोमबार आयोजना गरेको प्रतिोगितामा २६ जना प्रतियोगिहरुलाई...

अफगानिस्तानमा आफ्नाे शासन स्वीकार गर्न तालिबानकाे आग्रह

काठमाण्डाै, ५ भदौ । तालिबानले आफू विरुद्ध बढ्दै गएको विरोधका बाबजुत अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपिल गरेको छ । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी  प्रवक्ता सुहैल शहिनले अन्तर्राष्ट्रिय समुदायमा अफगानिस्तानमा तालिबानी शासन...

पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण

एजेन्सी, असार १५-कारोबार भैरहेकै बेला पाकिस्तान स्टक एक्सचेन्जमा बन्दुकधारीको आक्रमण, दुईको मृत्यु कैयन् घाइते पाकिस्तानको पाकिस्तान स्टक एक्सचेन्जमा कारोबार भइरहेकै समयमा आक्रमण भएको छ । पाकिस्तानको कराँचीस्थित सो स्टक  एक्सचेन्जमा बन्दुकधारीको समूहले ग्रिनेड र बन्दुकले...

कतार वर्ल्ड कपको तयारीमा जुटिरहेका ५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, ४ वैशाख-कतारमा २०२२ मा आयोजना हुने फुटबल वर्ल्ड कपको तयारीमा जुटिरेका ५ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) परीक्षण पोजेटिभ देखिएको छ । सबै कर्मचारी फरकफरक ३ स्टेडियमका हुन् । वर्ल्ड कपसँग जोडिएको कोरोना भाइरस संक्रमणको...

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र  उनका श्रीमान्ले...

सुनसरीको हरिनगरामा कटुवा पेस्तोल सहित १ जना पक्राउ

विराटनगर, २४ जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-४ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया बबुवान पन्चायत घोर्नाथानाका २७ बर्षीय ओम प्रकाश पाल रहेका छन । बिशेष सुचनाको आधारमा आज...

८२ लाख ठगी गरेको आरोपमा सुन्दरहरैँचाबाट ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्